३१ असार २०८३, बुधबार

आजोभस्टालमा रुसको घेराबन्दीमा परेका सैनिकहरूलाई युक्रेनले गर्न लगायो आत्मसमर्पण

जेठ ३, २०७९
आजोभस्टालमा रुसको घेराबन्दीमा परेका सैनिकहरूलाई युक्रेनले गर्न लगायो आत्मसमर्पण

युक्रेन सेनाको शीर्ष कमान्डले मरिउपोलस्थित आजोभस्टालमा घेराबन्दीमा परेका सैनिकहरूलाई आत्मसमर्पणको आदेश दिएको सामाजिक सञ्जालमा पुष्टि गरेको छ यद्यपि आत्मसमर्पण भन्ने शब्द प्रयोग गरिएको छैन ।

युक्रेनी सेनाको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘मरिउपोल ग्यारिसनले आफ्नो कम्ब्याट मिसन पूरा गरेको छ । शीर्ष सैन्य कमान्डले आजोभस्टालमा रहेका सैन्य इकाइका कमान्डरहरूलाई सैनिकको ज्यान जोगाउनका लागि आदेश दिएको छ ।’ 

आजोभस्टालमा डटिरहेर आफ्ना सैनिकहरूले रुसी सैनिकहरूलाई अन्य क्षेत्रमा कारवाही चलाउनबाट रोकेको युक्रेन सरकारको दाबी छ । 

आजोभ बटालियन तथा नियमित युक्रेनी सैनिकहरूले जापोरोझ्येलाई तत्काल कब्जा गर्नबाट रुसी सैनिकहरूलाई रोक्न सकेको युक्रेनको भनाइ छ । त्यस्तै उनीहरूले रुसी सैनिकलाई डोनेत्स्क र जापोरोझ्ये क्षेत्रको प्रशासनिक सीमामा पनि पहुँच दिएका छैनन् । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले आजोभस्टालका नायकहरूको ज्यान जोगाउनु प्राथमिकतामा रहेको बताए । आफ्ना सैनिकहरू फिर्ता ल्याउनका लागि प्रयास जारी रहेको जानकारी पनि उनले दिए । 

आजोभस्टालमा रहेका अधिकांश सैनिकहरू नवनाजी आजोभ रेजिमेन्टका सदस्य हुन् । उनीहरूको सैन्य पोशाकमा नाजी चिह्नहरू देखिन्छन् । 

आत्मसमर्पणको पहिलो चरण सोमवार पूरा भएको छ । कुल २६४ सैनिकहरू आजोभस्टाल छोडेर गइसकेका छन् । ५३ जना घाइते सैनिक नोभोआजोव्स्कस्थित अस्पतालमा राखिएका छन् भने २११ सैनिक येलेनोव्कामा छन् । 

विशाल आजोभस्टालको भूमिगत बंकरहरूमा लगभग २२ सयजना अझै रहिरहेको रुसी स्रोतहरूले अनुमान गरेका छन् । उक्त स्थान ११ वर्ग किलोमिटर लामो छ र त्यसका भूमिगत क्षेत्रहरू आणविक आक्रमण समेत झेल्न सक्ने गरी बनाइएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्