३० असार २०८३, मंगलबार
स्थानीय चुनाव

काठमाडौं महानगरपालिकामा ३ वडाको मतगणना जारी, कसको कति मत ?

काठमाडौं महानगरपालिकामा ३ वडाको मतगणना जारी, कसको कति मत ?

काठमाडौं महानगरपालिकामा वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । हाल वडा नम्बर १४,१५ र १६ को मतगणना चलिरहेको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले बिहीबार जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब ८ हजार हाराहारीमा मत गन्न बाँकी रहेकाले बिहीबार नै अन्तिम नतिजा आउने अपेक्षा गरिएको छ । 

काठमाडौं महानगरपालिकाको खसेको मतमध्ये हालसम्म १ लाख ८३ हजार ६७९ मत गणना सम्पन्न भएको छ । जसअनुसार मेयर पदमा बालेन्द्र साहले ५९ हजार १४९ मत पाएका छन् भने नेपाली काँग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । 

यस्तै एमालेका केशव स्थापितले ३७ हजार २१६ मत पाएर तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी उपमेयरमा एमालेकी सिर्जना डंगोलले सबैभन्दा धेरै मत पाएकी छन् । उनले ६६ हजार ८७८ मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएकी छन् भने राप्रपाका उम्मेदवारले ११ हजार ६४७ मत पाएका छन् । गन्न बाँकी मत भन्दा धेरै संख्याको मतान्तर भएपछि साह र डंगोल क्रमशः मेयर र उपमेयरमा विजयी भइसकेका छन् । मतगणना सकिएपछि निर्वाचन आयोगले औपचारिक घोषणा गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्