
प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–१५ का सुरेन्द्र सिंह र वीर बम्जनलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
दुवैको साथबाट प्रहरीले मेड इन यूएस लेखेको १ पेस्तोल, ४ म्यागेजिन र २ राउन्ड गोली बरामद गरेको छ ।