२८ जेठ २०८३, बिहीबार

उत्तर प्रदेशमा मुस्लिमको प्रदर्शन चर्किएपछि योगी सरकारको कडाइ

जेठ २८, २०७९
उत्तर प्रदेशमा मुस्लिमको प्रदर्शन चर्किएपछि योगी सरकारको कडाइ

भारतको उत्तर प्रदेशमा मुस्लिम समुदायले प्रदर्शन चर्काएपछि मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले कडाइ गरेको छ ।

भारतीय जनता पार्टी (भाजपा) नेत्री नूपुर शर्माको विवादित बयानपछि सडक प्रदर्शन बढेर हिंसाको अवस्था सिर्जना हुन थालेपछि योगी सरकारले कडाइ गरेको हो ।

उत्तर प्रदेशका प्रयागराज, सहारनपुर, मुरादाबादमा ढुंगामुढासहित हिंसात्मक प्रदर्शन भएका छन् । प्रदर्शनकारीले सरकारी सम्पत्ति तोडफोड गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीमाथि ग्याङस्टर कानून लगाएर सम्पत्ति जफत गर्ने आदेश गरिएको एडीजी प्रशान्त कुमारले जनाएका छन् ।

प्रदर्शनमा संलग्न रहेका १०९ जनालाई उत्तर प्रदेश प्रहरीले पक्राउ गरेको छ । हजारौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्