२१ असार २०८३, आइतबार

जुगल गाउँपालिकाका तत्कालीन हाकिम सा’पसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

जुगल गाउँपालिकाका तत्कालीन हाकिम सा’पसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

गाउँपालिकाको गाउँ कार्यपालिकामा कार्यरत रहेका इन्जिनीयर सुरेश पौडेल, असिस्टेन्ट सबइन्जिनीयर रुपक घिमिरे, लेखापाल सतेन्द यादव, बलेफीतेम्बथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो ।

सडक निर्माणका लागि गाउँपालिकाबाट विनियोजित रकमबाट उपभोक्ता समितिमार्फत मानिस/लेबर लगाई कार्यसम्पन्न गर्ने गरी तयार भएको लागत अनुमान बमोजिम उपभोक्ता समितिसँग सम्झौता भएको थियो तर उपभोक्ता समितिले मानिस/लेबरबाट काम नगराई डोजर, जेसीबी मशिनको प्रयोगबाट सम्पन्न भएकोमा कार्यलाई मानिस/लेबरबाट गरेको झूटा डोरहाजिर, गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन समेतको कागजात तयार गरी ३६ लाख ४९ हजार ८९९ रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।

कमेन्ट गर्नुहोस्