२३ जेठ २०८३, शनिबार

नियुक्ति पाउन शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने पक्राउ

नियुक्ति पाउन शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने पक्राउ
प्रतिकात्मक तस्वीर

राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने ललितपुरका माधवप्रसाद तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले तिमल्सिनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेको ट्रान्सकिप्ट र चारित्रिक प्रमाणपत्र कीर्ते गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्