
सिरहाको कमला नदीमा प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ गरिएको छ । नेपाली सेनाले मनसुन पूर्व विपद् प्रतिकार्यका लागि तीनदिने अभ्यास सञ्चालन गरेको हो ।
समापन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एकीकृत रुपमा विपद् व्यवस्थापनमा आवश्यक पर्ने स्थायी संयन्त्र खडा गर्न प्रदेश सरकारले पहल गर्ने बताए ।
अभ्यास हातेमालोमा उद्धारका विभिन्न डेमोस्ट्रेशनसहित नेपाली सेनाको विपद् विज्ञ टोलीले हेलिकप्टरबाट डोरी र बास्केट उद्धार अभ्यास गरेका थिए ।



