०८ साउन २०८३, शुक्रबार

परिवार नै सखाप भएको संखुवासभा हत्याकाण्ड: ४ जनालाई आजीवन कारावास, एक किशोर सुधार केन्द्रमा

परिवार नै सखाप भएको संखुवासभा हत्याकाण्ड: ४ जनालाई आजीवन कारावास, एक किशोर सुधार केन्द्रमा

संखुवासभा सामूहिक हत्या प्रकरणका अभियुक्त चार जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । संखुवासभा जिल्ला अदालतले सोमवार पाँचमध्ये चार जनालाई आजीवन कारावास हुने फैसला गरेको हो । 

एक १७ वर्षीय किशोरलाई भने हत्या र चोरीको मुद्दामा गरेर १७ वर्ष ४ महिना कारावास हुने फैसला भएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । 

आजीवन कारावास सजाय पाउनेमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की र ४९ वर्षीय रणबहादुर कार्की छन् । अर्का एक जना १७ वर्षीय किशोरलाई भने नाबालिग मानेर २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको गौतमले जानकारी दिए । उनका अनुसार किशाेरलाई सुधार केन्द्र पठाइने छ । 

उनका अनुसार आजीवन कारावास सजाय पाउने ४ जनाले जनही २ लाख क्षतिपूर्ति भर्नुपर्ने र पीडित राहत कोषमा दुई हजार ८ सयका दरले रकम जम्मा गर्नुपर्नेछ । 

२०७८ भदौ २१ गते मादी नगरपालिका-१ उम्लिङका ५५ वर्षीय तेजकुमार कार्की, उनकी आमा ८४ वर्षीया पार्वता भन्ने पार्वती कार्की, ५४ वर्षीया पत्नी कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय विपिन भन्ने दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

यो पनि पढ्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्