×

NMB BANK
NIC ASIA

ओली र म सरकारबाट बाहिरिनुमा भूराजनीतिको प्रभाव छः उपेन्द्र यादव

असार ३२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति अस्थिर बन्नुमा भूराजनीतिकको प्रभाव पनि भएको बताएका छन् । नेपालको राजनीतिलाई बाह्य शक्तिले सधैं अस्थिर बनाउन चाहने गरेको उनको आरोप छ । नेपालको राजनीतिमा धेरै पहिलेदेखि नै भूराजनीतिको प्रभाव देखिएको उनको भनाइ छ । 

Muktinath Bank

शनिवार नेपाल चीन मैत्री समाजले आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था’ विषयक अन्तरक्रियामा उनले बाह्य शक्तिकै कारण आफूले सरकारबाट बाहिरिनु परेको स्मरण गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा उनले ओली नेतृत्वको सरकारबाट बाह्य शक्तिको दबाबकै कारण सरकारबाट बाहिरिनु परेको बताएका हुन् । उनी ओली सरकारमा स्वास्थ्यमन्त्री थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफू मात्र होइन ओली पनि बाह्य शक्तिकै कारण सरकारबाट बाहिरिनु परेको बताएका छन् । ओलीप्रति लक्षित गर्दै उनले भने, ‘म उहाँको क्याविनेटमा मन्त्री थिएँ, बाह्य शक्तिकै कारण म पूर्व भएँ । म पूर्व भएको केहीदिनमै उहाँ पनि पूर्व हुनुभएछ ।’ 


Advertisment
Nabil box
Kumari

उनले यसमा आन्तरिक कारण केही भएपछि बाह्य भूराजनीतिक कारण भएको स्वीकार गरेका छन् । ‘हामी सरकारबाट बाहिरिनुमा केही आन्तरिक कारण होलान्, तर, यसमा बाह्य भूराजनीतिको प्रभाव पनि जोडिएको छ ।’

Vianet communication
Laxmi Bank

ओली सरकारको बहिगर्मनका लागि आन्दोलन गर्नेमध्ये जसपा पनि एक थियो ।  ओलीलाई आफू नेतृत्वको सरकारलाई हटाउनका लागि विदेशी शक्तिको हात रहेको बताउँदै आएका थिए । 

उनले अहिले नेपालको राजनीति धेरै अस्थिर रहेको बताउँदै यो पनि भूराजनीतिकै प्रभाव भएको बताएका छन् । उनले नेपालका दलहरूले बाह्य शक्तिको प्रभावलाई कम गराउनुपर्ने बताए । ‘यहाँका आन्तरिक शक्तिहरूमा बाह्य शक्तिको आशिर्वाद भए अनन्तकालसम्म राज्य गर्न सकिन्छ भन्ने मानसिकता अन्त्य नभएसम्म राष्ट्रिय स्वार्थको रक्षा गर्न सकिँदैन,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x