
अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई संक्रमण भएको ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले पुष्टि गरेकी छन् ।
कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ ।