२२ असार २०८३, सोमबार

मौद्रिक नीति आउने दिन शेयर बजार २७ अंकले घट्यो

मौद्रिक नीति आउने दिन शेयर बजार २७ अंकले घट्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने दिन शेयर बजार २७.२६ अंकले घटेको छ । शुक्रवार बजार १.३३ अंकले घटेर २०१७.४६ विन्दु कायम भएको छ । 

बजार घटेको दिन किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने ८.४१ अंकले बढेको छ । गणपति लघुवित्त वित्तीय संस्था, नयाँ सारथि लघुवित्त वित्तीय संस्थासहितका कम्पनीको शेयर मूल्य ६.०७ प्रतिशसम्मले बढेको छ । 

शुक्रवार सबैभन्दा बढी गुमाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । यसले ५.७९ प्रतिशतले गुमाएको छ । रुरु जलविद्युत् परियोजनाले ४.७३ अंकले गुमाएको छ ।

शुक्रवार सबैभन्दा बढी शिवम् सिमेन्टको २१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसको आज २ लाख ६७ हजार कित्ता शेयरको कारोबार भएको छ । 

सबैभन्दा बढीपटक कारोबार हुनेमा पनि शिवम् नै छ । यसको शुक्रवार १९ सय ८७ पटक कारोबार भएको छ ।

शुक्रवार नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीको ३३ लाख कित्ता शेयरको २३ हजार पटक कारोबार भएको छ । यसबाट १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्