०१ साउन २०८३, शुक्रबार

संसदमा लालबाबु पण्डितको प्रश्न– दिल्लीको आशीर्वाद नमिलेर हो, चुनावको मिति घोषणा नगरेको ?

संसदमा लालबाबु पण्डितको प्रश्न– दिल्लीको आशीर्वाद नमिलेर हो, चुनावको मिति घोषणा नगरेको ?
फाइल तस्वीर

नेकपा एमाले स्थायी कमिटीका सदस्य लालबाबु पण्डितले प्रतिनिधि सभा चुनावको मिति घोषणामा भइरहेको ढिलाइप्रति सरकारको जवाफ माग गरेका छन् । 

आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद पण्डितले चुनावका मिति घोषणामा भएको ढिलाइप्रति सरकारको जवाफ माग गरेका हुन् । 

‘निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ भइरहेको छ ? गठबन्धनको गाँठागुठी नमिलेर हो कि, आर्शिवाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउन हो ? जनता जान्न चाहन्छन्,’ पण्डितले भने । 

निर्वाचन आयोगले मंसिर २ गतेका लागि प्रतिनिधि सभा चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिश गरेपनि सरकारले चुनावको मिति तोकेको छैन । चुनावको मिति घोषणामा भएको ढिलाइप्रति प्रतिपक्षी दलले सरकारको जवाफ मागिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्