कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
साउन १०, २०७९
नेपालले पछिल्लो एक वर्षमा विभिन्न दातृ निकायबाट २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरी सम्झौता गरेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल भित्र्याउन सम्झौता भएको यस्तो विदेशी सहायतामा अनुदान र ऋणबापत लिइने रकम हो ।
गत आर्थिक वर्षमा नेपालले १० वटा दातृ निकायबाट २० पटक वैदेशिक सहयोग लिने गरी सम्झौता गरेको छ । यस्तो सम्झौता ९ पटक अनुदान र बाँकी ११ पटक ऋणका लागि भएको छ ।
नेपालले गत वर्ष भित्र्याउने गरी सम्झौता गरेको यस्तो सवा २ खर्ब रुपैयाँभन्दा बढीको रकममा ९३ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग रहेको छ । बाँकी १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण रहेको अर्थ मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको एक तथ्यांकमा उल्लेख छ ।
नेपालमा वैदेशिक सहायतामा उपलब्ध गराउन गत वर्ष प्रतिबद्धतासहित नेपालसँग सम्झौता गर्नेमा विश्व बैंक अगाडि रहेको छ । विश्व बैंकले एकै वर्षमा ५ वटा क्षेत्रमा ऋण सहयोग गरेको छ । विश्व बैंकले बजेटरी सहयोगमार्फत १८ अर्ब, शिक्षामा ७ अर्ब ५ करोड र ५ अर्ब ८७ करोड, स्वास्थ्यमा ५ अर्ब ८७ करोड र २ अर्ब १४ करोड रुपैयाँ रहेको पनि तथ्यांकले देखाएको छ ।
नेपालले गत आवमा लिएको अनुदानमा सबैभन्दा बढी स्विट्जरल्यान्डको छ । यो मुलुकले श्रम क्षेत्रका लागि ८६ करोड १३ लाख रुपैयाँ अनुदान दिएको छ । गत वर्ष नेपाल भित्रने दोस्रो ठूलो अनुदान सहयोग यूएसएडमार्फत बजेटरी सहयोगका लागि ७९ अर्ब ७१ करोड रुपैयाँ आउने सम्झौता भएको छ ।
ग्रीन क्लाइमेट फन्डले वातावरण र ऊर्जा क्षेत्रमा एकैवर्ष दुईपटक अनुदान दिएको छ । यसले वातावरण क्षेत्रमा ३ अर्ब ३३ करोड ९३ लाख र ऊर्जा क्षेत्रमा २ अर्ब ६९ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग गरेको हो ।
एसियाली विकास बैंकले पानी आपूर्ति र सरसफाइमा ५९ करोड ६५ लाख, स्वीट्जरल्यान्डले शिक्षामा १ अर्ब ८७ करोड, कोरियाले शिक्षामै १ अर्ब ४ करोड दिएको छ । अनुदान सहयोग गर्नेमा जापानले पानी आपूर्ति र सरसफाइमा २ अर्ब ६१ करोड र ईयूले ऊर्जा क्षेत्रमा ५८ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।
गत वर्ष भित्र्याउने सम्झौता भएको सबैभन्दा ठूलो ऋण सहयोग भने अन्तर्राष्ट्रिय मुद्रा कोषबाट बजेटरी सहयोग शीर्षकमा ४६ अर्ब ७० करोड रुपैयाँको छ । एसियाली विकास बैंकले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई १९ अर्ब ६९ करोड ७७ लाख रुपैयाँ ऋण दिएको छ ।
नेपालले विभिन्न निकायबाट लिएको यस्तो ऋण सहायतामा विश्व बैंकबाट स्वास्थ्य क्षेत्रमा लिएको २ अर्ब १४ करोडदेखि विश्व बैंकअन्तर्गतकै अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिएको बजेटरी सहायताको लागि पौने ३७ अर्बसम्म रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार हालसम्म राज्यको ऋणभार १८ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । यसमध्ये विदेशी ऋणको भार मात्रै ९ खर्ब ७६ अर्ब रुपैयाँ छ । बाँकी ८ खर्ब ७९ अर्ब रुपैयाँ आन्तरिक ऋण हो ।
नेपालले जुन देशबाट ऋण आउँछ सोही देशको मुद्रामा ऋण तिर्नुपर्छ । नेपालले लिएको विदेशी ऋण अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र पाउन्ड स्टर्लिङसहित सम्बन्धित देशकै मुद्रामा लिने गरेको छ । यस्तो ऋणको सावाँ ब्याज भुक्तानी विदेशी मुद्रामै हुन्छ । नेपालले वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी रकम ऋणको सावाँ ब्याज भुक्तानीमै खर्च गर्ने गरेको छ ।
दाताका पैसामा शर्तैशर्त
नेपाललाई ऋण तथा अनुदान उपलब्ध गराएको यस्तो ऋण तथा अनुदानमा दाताले शर्तैशर्त राख्ने गरेको छन् । दाताले दिएको रकम उनीहरूले तोकिएको शर्त पालना गरेर खर्च गर्नुपर्ने हुन्छ ।
यस्तो खर्च गर्दा जनशक्ति प्रयोग, प्राविधिक मूल्यांकन, तोकिएको मापदण्डमा खर्च भएपछि भुक्तानी पाइने, ऋण लिने देशले आफूखुशी खर्च गर्न नपाउने सहितको शर्त हुने गरेका छन् ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता ढुण्डीप्रसाद निरौलाले नेपाल आएको बजेटरी सहायताबाहेकको रकम खर्च गरेपछि शोधभर्ना पाइने गरी मात्रै आउने गरेको बताए । ‘दातृ निकायले ऋण तथा अनुदान दिएपछि तोकिएको मापदण्ड पूरा गर्नुपर्ने र क्वालिटी मेन्टेन गर्न पनि शर्त राख्ने गरेका छन् । शर्त नराख्दा खर्च जथाभावी हुनबाट पनि रोकिन्छ’, निरौलाले भने ।
यस्तो शर्तका कारण कतिपय काम समयमा नै हुन्छ भने तोकिएकै मापदण्ड पालना गर्नुपर्दा कहिलेकाहीँ ढिलो पनि हुने गरेको छ । शर्त राखिनुको कारणचाहिँ समयमा नै काम सकियोस् भन्ने भएको बुझाइ पनि प्रवक्ता निरौलाको छ ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल दातृ निकायले दिने सहायता रकम शर्त भन्दा पनि प्रतिबद्धताअनुसार खर्च हुनुपर्ने बताउँछन् ।
आर्यालले भने, ‘तोकिएको प्रतिबद्धताअनुसार खर्च गरेर हामीले नै दाबी भुक्तानी माग्नुपर्ने हुन्छ । तर, यस्तो दाबी भुक्तानीमा ठेकेदारले काम नगर्ने, समयमा नै भुक्तानी नमाग्ने, तोकिएको क्षेत्रभन्दा बाहिर खर्च हुने र बर्सेनि आयोजना प्रमुखसहितको नेतृत्व परिवर्तनले काममा ढिलाइ हुने गरेको छ ।’
दातृ निकायले दिने सहयोगको रकम समयमा नै खर्च गरेर भुक्तानी माग्ने हो भने तोकिएकै समयमा काम हुन सक्छ । विगतमा देखिएको यस्तो कमजोरीलाई सुधार गर्दै जाने प्रयास अर्थ मन्त्रालयले गरिरहेको दाबी पनि आर्यालले गरेका छन् ।
नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ८९ अर्ब रुपैयाँ वित्तीय व्यवस्था गर्ने र विभिन्न दातृ निकायबाट ५९ अर्ब रुपैयाँ अनुदान रकम स्वीकार गर्ने अनुमान गरेको थियो ।
यस अनुसार असार मसान्तसम्ममा सरकारले १ खर्ब १८ अर्ब अर्थात लक्ष्यको ६२.५ प्रतिशत मात्रै वित्तीय व्यवस्था गर्न सकेको छ । गत वर्ष पाएको अनुदान रकम भने जम्मा १८ अर्ब २९ करोड अर्थात लक्ष्यको ३०.५३ प्रतिशत मात्रै भएको पनि महालेखा नियन्त्रकको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नेपाल भित्रिएको विदेशी सहायता विवरण
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...