×

NMB BANK
NIC ASIA

मंकीपक्सको जोखिमबाट टाढा छैनौँ, जनस्वास्थ्यमा सरकारले चासो दिएनः योगेश भट्टराई

साउन १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका हुन् । 

Muktinath Bank

अमेरिका, बेलायतलगायत विकसित देशहरूमा पनि मंकीपक्स फैलिरहेको अवस्थामा सरकारले आवश्यक सतर्कता नअपनाएको उनको गुनासो छ । सरकारले देशका सीमा–नाकाहरूमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने भट्टराईको सुझाव छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले मंकीपक्सका कारण विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरिसक्दा पनि सरकार भने ‘कानमा तेल हालेर बसेको’ आरोप लगाए । मंकीपक्सका बारेमा नागरिकलाई सुसूचित गर्न सरकारले चासो नदिएको उनको गुनासो छ । उनले जनस्वास्थ्यको कुरामा सरकार निन्द्राको अवस्थामा रहनु दुःखद भएको बताए । 


Advertisment
Nabil box
Kumari

सांसद भट्टराईले सरकारले हालसम्म सिमानाहरूमा एउटा पनि साइनबोर्ड र परीक्षण केन्द्र नराखेको बताए । उनले छिमेकी देश भारतमा ४ जनामा मंकीपक्स पुष्टि भइसकेको भन्दै नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताए । ‘भारतमा यसका ४ वटा केसहरु देखिसकेका छन् । हामी पनि यसबाट धेरै टाढा छैनौँ’, उनले भने, ‘विपत्ति नआओस् भन्नका लागि पूर्वसतर्कता र तयारी अपनाउनका निम्ति ध्यानाकर्षण गर्दछु । सिमानामा कडाइ गर्नुपर्छ । सचेतना फैलाउनुपर्छ । परीक्षण केन्द्र राख्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

सांसद भट्टराईले काठमाडौंमा हैजा समुदायस्तरमै फैलिसकेको बताएका छन् । हालसम्म ३४ जनामा हैजाको संक्रमण फेला परेको भन्दै महामारीको स्थिति उत्पन्न हुन सक्नेतर्फ सरकारलाई सचेत गराए । उनले हैजा नियन्त्रणका लागि पिउने पानीका मुहान र सप्लाई गर्ने ट्याङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x