×

NMB BANK
NIC ASIA

नयाँ राजनीतिक समीकरण

नेपाली राजनीतिको 'थर्ड पोल' : कांग्रेस-एमालेलाई धक्का दिन सफल होला समाजवादी केन्द्र ?

साउन १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, डा. बाबुराम भट्टराई र वामदेव गौतमले समाजवादी केन्द्र बनाएर राष्ट्रिय राजनीतिमा ‘नयाँ पोल’ बनाउने प्रयास जोडतोडले अगाडि बढाएका छन् ।

Muktinath Bank

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीबाट बाहिरिएका डा. भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एकीकृत भएर समाजवादी केन्द्र बनाउने प्रयासमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदीय राजनीतिमा रहेका ठूला वामपन्थी दलमध्ये एमाले बाहेकको शक्ति एकीकृत हुँदा राष्ट्रिय राजनीतिमा नयाँ पोल तयार हुनेछ । तर, त्यो पोल आफैँमा कत्तिको शक्तिशाली होला भन्नेमा चाहिँ संशय नै छ ।


Advertisment
Nabil box
Kumari

नेकपा एकीकृत समाजवादी पार्टीका ‘सम्मानित नेता’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको र निष्कर्षमा पुग्न बाँकी रहेको बताए । 

Vianet communication
Laxmi Bank

‘हामी जम्माजम्मी दुईपटक बैठक बसेका छौं । छलफल जारी छ । हामी यो देशका लेफ्ट र सोसलिस्ट पार्टी तथा समूहहरू एकताबद्ध भएर, एउटा मोर्चा बनाएर चुनावतिर जाऊँ भन्नेबारेमा सल्लाह गर्दैछौं’, खनालले भने ।  

वामपन्थी शक्तिहरू मिल्नु अहिलेको आवश्यकता भएको तर सबै वामपन्थीहरू सहकार्यका लागि तयार नभएको पनि उनले बताए । 

‘सबै वामपन्थीहरू एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो । कतिपय समूह त्यसका लागि तयार नै छैन । सबै तयार नभई त कसरी हुन्छ र ? वाम एकता यो देशको आवश्यकता हो’, खनालले भने ।

एउटै पार्टी नबनेको अवस्थामा विचार मिल्ने पार्टीहरूको बीचमा एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जानेबारे पनि छलफल भइरहेको खनालले बताए । ‘कानूनले विचार मिल्ने दलहरूको एउटै चुनाव चिह्न हुन सक्ने व्यवस्था गरेको छ । हामी यो विषयमा पनि छलफलमा छौं’, उनले भने । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि समाजवादी केन्द्र बनाउनेबारे निर्णय भइसकेको प्रतिक्रिया दिएका छन् ।

सत्ता गठबन्धनमा रहेका वामपन्थी झुकाव भएका पार्टीहरू मिलेर समाजवादी केन्द्र बनाउने निर्णय भएको उनले बताए ।

कम्युनिस्ट पार्टीहरूको एकताका लागि प्रयास गरिरहेका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी एकताका लागि एकता संयोजन समिति बनाउनेबारे छलफल चलाइरहेका छन् । यसै सिलसिलामा प्रचण्ड र गौतमबीच सोमवार सिंहदरबारमा भेटवार्ता भएको थियो । 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा दुई नेताले समाजवादी केन्द्र र एकता संयोजन समिति बनाउने बारेमा छलफल गरेका छन् । छलफल सकेर बाहिरिने क्रममा आफूहरूको नेता प्रचण्ड भएको गौतमले बताएका थिए । 

लोकान्तरसँगको कुराकानीमा गौतमले भने, ‘समाजवादी केन्द्र बनाउने प्रयासलाई चाँडो निष्कर्षका पुर्‍याउने बारेमा कुराकानी भएको छ । चाँडै ६/७ वटा समाजवादी पार्टीहरू बसेर टुंगोमा पुग्छौं ।’

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावअघि पार्टी एकता नै सम्भव नहुने भएकाले मोर्चा बनाएर एउटै चिह्नमा चुनावमा सहभागी हुने सम्भावना रहेको गौतमले बताए । 

उनले भने, ‘निर्वाचन नजिक आइसकेको छ । त्यसको तयारीमा जुट्नुपर्ने छ । त्यसो हुँदा पार्टी एकता अहिले नै सम्भव नहोला भन्ने छलफल भइरहेको छ । चुनावपछि पार्टी एकता गर्ने गरी एकता संयोजन कमिटी बनाएर जानेबारे छलफल भइरहेको छ ।’

उक्त कमिटी नै समाजवादी मोर्चाको स्वरूप हुने उनले बताए । कम्युनिस्ट पार्टी र गैर कम्युनिस्ट तर समाजवादी धारका पार्टीहरूलाई समेटेर समाजवादी मोर्चा बनाउने तयारी रहेको गौतमले बताए । 

कस्तो होला मोर्चाको शक्ति ? 

अहिले चर्चा हुने गरेको समाजवादी मोर्चा वा केन्द्रमा विशेषगरी माओवादी केन्द्र, एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको समूह र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान सम्मिलित हुन तयार भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेपछि नयाँ पार्टी गठनको प्रयासमा रहेका डा. भट्टराई समाजवादी मोर्चामा रहन सहमत भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् । 

त्यसबाहेक, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि यो चुनावी मोर्चामा सहभागी गराउने प्रयास भइरहेको छ । 

हालको प्रतिनिधि सभाका अहिले एमाले सबैभन्दा ठूलो दल छ । त्यसपछिको शक्तिमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन् । प्रतिनिधि सभामा एमालेका ९८ जना सांसद छन् । कांग्रेसको ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३ जना सांसद छन् ।

जनता समाजवादी पार्टीका २० जना सांसद थिए । तर, जनता समाजवादी पार्टीबाट सांसद रहेका डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवले उक्त पार्टी छाडेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीका सांसद संख्या जोड्दा ९० सांसद हुन्छ । त्यसमा डा. भट्टराई र यादव थपिँदा सांसदको संख्या ९२ पुग्छ । यसो हुँदा उनीहरू संसद्को दोस्रो शक्ति हुन्छन् । तर, निर्वाचनको मिति घोषणा भएसँगै मौजुदा संसद् नरहन सक्छ । त्यसो हुँदा सत्ता समीकरणमा यो संख्याको अर्थ रहँदैन । 

अर्कोतर्फ, माओवादी केन्द्र र एकीकृत समाजवादीले गत चुनावमा एक्लै प्रतिस्पर्धा गरेर जितेका पनि होइनन् । त्यसबेला एमाले र माओवादी केन्द्रले पार्टी एकताको नारा दिएर चुनावी गठबन्धन गरेका थिए । एमाले र माओवादीले एकअर्काको बलमा चुनाव जितेका थिए । एकीकृत समाजवादी एमालेबाट विभाजन भएर बनेको हो । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावको मत परिणाम हेर्ने हो भने अहिले बनाउने भनिएको समाजवादी मोर्चा राष्ट्रिय राजनीतिको तेस्रो शक्ति हो । 

स्थानीय तहमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । दोस्रो स्थानमा रहेको एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।

 

यसैगरी १५ लाख ३ हजार २४७ मत पाएर माओवादी तेस्रो, ५ लाख ७७ हजार ३ सय ८० मत पाएर जनता समाजवादी पार्टी चौथो, ४ लाख २२ हजार ७ सय ३७ मत पाएर एकीकृत समाजवादी पाँचौं, ३ लाख ६४ हजार १ सय ६० मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं र २ लाख ४४ हजार ८ सय ८२ मत पाएर लोकतान्त्रिक समाजवादी पार्टी सातौं भएको आयोगले जनाएको छ ।

 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले स्थानीय तहमा आवश्यकतामा आधारमा चुनावी तालमेल गरेका थिए । त्यसो हुँदा उनीहरूले पाएको मत पनि एकल प्रतिस्पर्धाबाट आएको चाहिँ होइन ।   

कुल ७५३ स्थानीय तहमा प्रमुखमा जितेको संख्या हेर्दा कांग्रेसले ३२९ अर्थात ४३ प्रतिशत स्थानीय तहको नेतृत्व जितेको छ । एमालेले २०६ अर्थात २७ प्रतिशत स्थानीय तहमा नेतृत्व जितेको छ । माओवादी केन्द्रले १२१ अर्थात १६ प्रतिशत स्थानीय तहको प्रमुखमा जीत निकालेको छ । जनता समाजवादी पार्टीले ३० स्थानीय तह अर्थात् करीब ४ प्रतिशत र एकीकृत समाजवादीले २० अर्थात् करीब साढे २ प्रतिशत स्थानीय तहमा जीत हासिल गरेका छन् ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीले जितेको स्थानीय तह जोड्दा १७१ पुग्छ । स्थानीय तहमा यो तेस्रो शक्ति हो । 

कांग्रेस वा एमालेसँग तालमेल नगरेको खण्डमा यो मोर्चालाई पहिलो वा दोस्रो शक्ति बन्न मुस्किल छ । तर, तालमेल गर्दा भने समग्रमा दोस्रो शक्ति बन्ने सम्भावनालाई नकार्न सकिन्न ।

पहिलो शक्ति बन्ने दाबी 

समाजवादी मोर्चाको चर्चा गरिरहेका नेताहरूले आगामी चुनावबाट प्रतिनिधि सभामा पहिलो शक्तिकोरूपमा उदाउने दाबी गरिरहेका छन् । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी दिनमा नेपालको राजनीतिमा वामपन्थी ध्रुवको नेतृत्व समाजवादी केन्द्रले गर्ने र दक्षिणपन्थी ध्रुवको नेतृत्व कांग्रेसले गर्ने दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘वामपन्थी शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ । दक्षिणपन्थी ध्रुवको नेतृत्व कांग्रेसको हुन्छ । एमालेले कसलाई रोज्ने उसको विचार हो ।’

वामपन्थी एकताको प्रयासमा रहेका नेता वामदेव गौतमले पनि समाजवादी मोर्चा बन्दा अहिले तेस्रो शक्ति हुने र चुनावबाट पहिलो शक्तिमा स्थापित हुन प्रयास गर्ने बताए । 

‘हामी अहिले तेस्रो शक्ति हुन्छौं भन्ने त स्थापित नै भइहाल्यो । आगामी चुनावबाट पहिलो शक्ति बन्ने हाम्रो प्रयास हुन्छ’, गौतमले भने ।

समाजवादी केन्द्रको नाममा बन्न लागेको मोर्चा सत्तारूढ पाँच दलीय गठबन्धनको उप–गठबन्धन हो । वामपन्थी मोर्चा र कांग्रेसले संयुक्तरूपमा चुनावी तालमेल गर्ने तर, सीट बाडफाँडमा सम्मानजनक व्यवहार हुनुपर्ने माग वामपन्थी नेताहरूले गरिरहेका छन् ।  

यसरी बनेको मोर्चा आगामी निर्वाचनपछि पहिलो वा दोस्रो शक्तिकोरूपमा स्थापित हुन नसके पनि सशक्त र निर्णायक भूमिकासहितको तेस्रो शक्तिका रूपमा भने स्थापित हुने देखिन्छ । 

अर्कातर्फ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावपछिको प्रधानमन्त्रीको कुर्सी ताकिरहेका छन् । त्यसका लागि पनि उनले आफ्नो नेतृत्वमा सशक्त र निर्णायक शक्ति बनाउने प्रयास थालेका छन् । 

वामपन्थी पृष्ठभूमिका केही दलहरू अहिले गठबन्धन नामको राजनीतिक गोठमा सँगै छन् । तर, प्रचण्डले उनीहरूलाई आफूले चाहे जसरी हिँडाउने गरी एउटै जुवामा नार्ने प्रयास गरिरहेका छन् ।

उनको त्यो प्रयास कति सफल हुन्छ, त्यो भने भविष्यले नै बताउने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x