२५ जेठ २०८३, सोमबार

बेपत्ता सुनारको शव फेला

बेपत्ता सुनारको शव फेला
प्रतिकात्मक तस्वीर

खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव बुधवार फेला परेको छ ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मंगलवार सुनारका दम्पती र छोरालाई बगाएको थियो ।  

वडा नम्बर ७ बाँडीगाउँ बस्ने सुनारकी श्रीमती ३१ वर्षीया राममाया सुनारको शव मंगलवार फेला परेको थियो । 

घटनामा सुनारका १२ वर्षीय छोरा निरजको भने स्थानीयले सकुशल उद्धार गरेका थिए । सुनारको शव बुधवार बिहान कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्