×

X
Dabur
Nic Asia
Marvel

मन्त्री श्रेष्ठ र नवनियुक्त राजदूत तामाङलाई राखेपले गर्‍यो सम्मान

काठमाडाैं | साउन १९, २०७९

TVS INSIDE

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मान गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

राखेपले खेल क्षेत्रसंग सम्बन्धित दुवैलाई महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा बिहीवार कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना र सम्मान दिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले दुईपटक राखेपको सदस्य–सचिवको जिम्मेवारी सम्हाली सकेका छन् । तामाङ नेपाल भलिबल संघका पूर्व अध्यक्ष हुन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्यहरु नन्दा बस्याल, अन्जन धमला, जनक बर्तौला, विभागीय प्रमुख, शाखा प्रमुख, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायतले कार्यकाल पूर्ण सफलतका लागिका शुभकामना दिदै ताम्रापत्र प्रदान गरेका थिए ।

Vianet communication
Maruti inside

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदसंग सम्बन्धित व्यक्तित्वले राज्यका तर्फबाट महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भएका दुवैले खेल क्षेत्रको विकासमा अझ योगदान दिनु हुने विश्वास व्यक्त गर्दै सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले राष्ट्रिय राजनीतिमा आउन खेलकुद क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको बताउदै आफूले सम्हालेको मन्त्रालय मार्फत खेलकुदका विषयमा गर्न सकिने सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

राजदूत तामाङले आफ्नो नियुक्तिमा पनि खेल क्षेत्रको ठूलो योगदान रहेको बताउदै ‘स्पोर्ट्स डिप्लोमेसी’ मार्फत दक्षिण अफ्रिका र नेपालबीचको खेलकुदलाई कसरी जोड्न सकिन्छ त्यसमा आफ्नो ध्यान केन्द्रीत रहने   बताए ।

उपाध्यक्ष कोइरालाले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वले महत्वपूर्ण जिम्मेवारी पाउनु सिंगो खेल क्षेत्रका लागि गर्वको कुरा भएको विचार व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले खेल क्षेत्रका वर्तमान वा पूर्व पदाधिकारीले राज्यको महत्वपूर्ण निकायमा अवसर पाउँदा परिषद्ले सम्झनु पर्छ भन्ने मान्यतालाई आत्मासात गरी नयाँ थालनीको सुरुआत गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले परिषद्ले चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा विशेष जोड दिएको जानकारी  गराए ।

TATA Below
NLIC
साउन २६, २०७९

घरेलु टोली वेस्ट इन्डिज पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहीवार बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो । न्युजिल्याण्डले दिएको १ सय ८६ ...

साउन २७, २०७९

 इटालियन क्लब नापोलीले गोलकिपर साल्भाटोर सिरिगुलाई अनुबन्ध गरेको छ । नापोलीले इटालियन गोलकिपरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । ३५ वर्षीय गोलकिपरले नापोलीसँग एक वर्षको सम्झौता गरेका छन् । ग...

साउन २६, २०७९

स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । बुधवार राति भएको खेलमा जर्मन क्लब फ्रान्कफुर्टलाई २-० ले हराउँदै रियलले उपाधिमा कब्जा जाएको हो । यससँगै रियलले पाँचौं पटक यूईएफए सुपर कपको ...

साउन २६, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आगामी पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ ।  एन्फा कम्प्लेक्समा बिहीवार बसेकाे एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ ग...

साउन २७, २०७९

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ । सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसकेको छ । प...

साउन २६, २०७९

स्पेनिस क्लब रियल मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र करिम बेन्जेमाले गोल गरे ।&n...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x