२२ असार २०८३, सोमबार

चुनावमा तालमेल गर्नुपर्छ, कांग्रेसले १०० सिट पाउनुपर्छ : डा. शशांक कोइराला

चुनावमा तालमेल गर्नुपर्छ, कांग्रेसले १०० सिट पाउनुपर्छ : डा. शशांक कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन् ।

सञ्चारकर्मीसँग शनिवार कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए ।

उनले भने, ‘सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।’

तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले १०० सिट पाउनुपर्ने उनको दाबी छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनुपर्‍यो ।’ अहिलेको परिस्थितिमा सबै दलहरू कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाई थियो ।

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको विरुद्धमा एक भएका दलहरू एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्