माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ ।
केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले रु. एक करोड ७९ लाख अनुदान पाएका हुन् । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धी, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको बताए । ‘प्रदेश र संघीय सरकारबाट रु. चार करोड पाँच लाख ८० हजार बजेट विनियोजन भएको थियो’, उनले भने, ‘रु. तीन करोड ५९ लाख ३६ हजार ३९२ खर्च भएको छ ।’
बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर सञ्चालन भएको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रमबाट ४३ कृषकलाई बाख्राको खोर निर्माण, मासु पसल सुधार, घाँस काट्ने यन्त्र उपकरण, नश्ल सुधारका लागि बोका र औषधि खरिदका लागि रु. ३४ लाख एक हजार अनुदान उपलब्ध गराइएको छ ।
रु. ५२ लाख ५० हजार बजेट बिनियोजन भएको साना पशुपंक्षी तथा मत्स्य व्यावसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रमका लागि छनौट भएका ४० मध्ये ३८ फार्मले रु. ४९ लाख ८७ हजार ५०० अनुदान पाएका छन् । रु. आठ लाख बजेट विनियोजन भएको डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रमबाट पाँच फार्मले रु. चार लाख २४ हजार तीन सय ५९ अनुदान पाएका छन् ।
बेनीको दोभान कृषि सहकारी संस्थामा आवद्ध २१ कृषकले गोठ सुधार, दाना र घाँस भण्डारण भवन, उपकरण, क्यान खरिदका लागि रु. १० लाख अनुदान पाएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी गणेश रिजालले बताए । कृत्रिम गर्भाधानबाट जन्मेका २४ वटा पाठा बच्चा हुर्काए वापत आठ कृषकले रु. दुई लाख ४० हजार अनुदान पाएका छन् ।
रु. १८ लाख बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आवद्ध एक सय कृषकले प्रतिलिटर रु. दुई रुपैया ५० पैसाका दरले रु. १५ लाख ९० हजार अनुदान पाएका छन् । त्यस्तै, ३१ कृषकलाई फार्म यान्त्रिकरण कार्यक्रम मार्फत च्यापकटर, पानी तताउने सोलार लगायत उपकरण खरिदमा रु. १० लाख अनुदान उपलब्ध गराइएको छ ।
रु. २१ लख बजेट विनियोजन भएको पशुपंक्षी बीमा कार्यक्रम मार्फत २८ हजार दुई सय ३४ पशुपंक्षीको बीमा गरेवापत एकसय १० कृषकले रु. १७ लाख ७९ हजार अनुदान पाएका छन् । रु. आठ लाख बजेट विनियोजन भएको भैसी पकेट कार्यक्रम मार्फत मंगला–२ सिमलचौरका २५ कृषकले ‘काउम्याट’ खरिद गर्न रु. सात लाख अनुदान लगेका छन् ।
अन्नपूर्ण गाउँपालिकाका २३ कृषकले बाख्रा पकेट कार्यक्रमबाट रु. आठ लाख अनुदान पाएका छन् । अनुवांशिक स्रोत संरक्षण कार्यक्रम मार्फत रघुगंगा–७ चिमखोलामा सिनाल बाख्रा र वडा नम्बर २ भगवतिमा बरुवाल भेडापालक १३÷१३ कृषकलाई रु. पाँच÷पाँच लाख अनुदान उपलब्ध गराइएको छ ।
अन्नपूर्ण गाउँपालिकाको दुवाडीमा भैँसीको र धवलागिरि गाउँपालिकाको गुर्जामा भेडाको घुम्ती गोठ निर्माण गर्न रु. पाँच÷पाँच लाख अनुदान दिइएको केन्द्रले जनाएको छ । अन्नपूर्णको घार, रघुगंगाको चिमखोला, मालिकाको अदिभारा र धवलागिरिको मल्कवाङमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको केन्द्रले पशुमा पूर्ण खोप कार्यक्रम मार्फत बेनी नगरपालिका र मंगला गाउँपालिकामा ३१ प्राविधिक परिचालन गरेर १२ हजार तीनसय ३४ घरधुरी कृषकका ४८ हजार नौ सय ८५ पशुलाई खोरेत, चरचरे, पिपिआर र रेविज रोग विरुद्धको खोप लगाएको छ । रासस
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...