२६ जेठ २०८३, मंगलबार

कीर्तिपुरमा २९ तोला सुन, ५ वटा हिराको औँठी र १ लाख ५० हजार चोरीः चोर खोज्दै प्रहरी

कीर्तिपुरमा २९ तोला सुन, ५ वटा हिराको औँठी र १ लाख ५० हजार चोरीः चोर खोज्दै प्रहरी

काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँमा ७५ वर्षीय एक वृद्धको घरमा ७ जनाको समूहले चोरी गरेर फरार भएको छ । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार चोर साढे २ तल्लाको घरमा बिहान सवा ३ बजे ५ वटा हिराको औँठी, २९ तोला सुन चोरी गरेर फरार भएका छन् । अहिले प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी)सहितको टोली चोरको खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुखलगायतको प्रहरी टोली, उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धान टोली, प्रहरी केनाइन स्कुलबाट तालिम प्राप्त ककुरसमेतको सहयोगमा अनुसन्धान गरिरहेको छ । 

प्रहरीका अनुसार चोरले १ लाख ५० हजार नगद, सुनको चुरा ७ वटा (११ तोला),  सुनको सिक्री २ वटा (५ तोला),  सुनको औँठी ४ वटा  (३ तोला), सुनको नवरत्न लकेट २ तोलाको एउटा,  सुनको औँठी ५ वटा (३ तोला), सुनको टप ९ वटा ( ५) तोला, हिराको औँठी २ वटा र हिराको नवरत्नजडित ३ वटा चोरी गरेको भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्