२२ असार २०८३, सोमबार

उत्तरपश्चिम चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

भदौ ५, २०७९
उत्तरपश्चिम चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा भारी वर्षाका कारण आएको हिमाली आँधीबाट मृत्यु हुनेको सङ्ख्या बेलुका ४ बजेसम्म २६ पुगेको  बताइएको  छ । साथै  अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
 राति १०-२५ बजेबाट शुरु भएको भारी वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजार २४५ बासिन्दा  प्रतयक्ष प्रभावित भएका छन् । 
मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भई  बाढी गाउँ परवेश गरेको थियो।
यसअघि बेपत्ता भएका २३ जनाको  पनि उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः चालु भएको छ भने सडक र पुल पनि सञ्चालनमा आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्