२२ असार २०८३, सोमबार

'ठूला दलले संविधानको मुटु–कलेजो झिक्न खोजे '

कात्तिक २०, २०७४
'ठूला दलले संविधानको मुटु–कलेजो झिक्न खोजे '
काठमाडौं १५ साउन– प्रतिनिधिसभा निर्वाचन विधेयकमा कडा थ्रेसहोल्डको व्यबस्था गरेर प्रमुख तीन दलले संविधान च्यात्न थालेको आरोप नेकपा मालेका एक सांसदले लगाएका छन् ।

व्यबस्थापिका संसद्को आइतवारको बैठकको विशेष समयमा माले सांसद अइन्द्र सुन्दर नेम्वाङले ठूला दलहरु संविधानको हत्या गर्ने दिशातिर लागेको आरोप लगाएका हुन् ।

संविधान घोषणा भएको तीन बर्षमा मौलिक अधिकार कार्यान्वयन गर्नुपर्ने अबस्थामा दलहरु निर्वाचन कानूनमा थ्रेसहोल्ड बढाएर साना दलको अस्थित्व समाप्त पार्ने खेलमा लागेको उनले आरोप लगाए ।

‘केही ठूला दल बाहेक निर्वाचित हुन नसम्ने गरी विधेयक ल्याइइएको छ’ नेम्वाङले भने, ‘कतै ठूदा दल संविधानको मुटु कलेजो झिकेर संविधान असफल बनाउने दाउमा लागेका त होइनन् ?’

राजनीतिक दल सम्बन्धी विधेयक पारित गर्दा, कडा भन्दा कडा थ्रेस होल्डको व्यबस्था गरियोको प्रति आपत्ति जनाउदै भोलिको दिनमा संसदको तेस्रो दललाई समेत वाइपास गर्ने दिन आउन सक्ने टिप्पणी गरे ।

salt training

कमेन्ट गर्नुहोस्