२२ जेठ २०८३, शुक्रबार

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी मंगलवार सार्वजनिक गरिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै रु तीन लाख माग गरेकामा रु एक लाख रकम लिएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो । 

रकम ठगी भएसँगै महर्जनले भदौ ५ गते प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेकासँग रु एक लाख नगद र मोबाइल तीन थान बरामद गरेको छ । उनीहरूमाथि प्रहरीले मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद–२१ को २४९ बमोजिम ठगी गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्