×

NMB BANK
NIC ASIA

कर्णालीमा स्थानीय चुनावका ९ हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण

भदौ १०, २०७९

NTC
Premier Steels

निर्वाचन सम्पन्न भएको ३ महिना बितिसक्दा समेत कर्णालीका ९ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

Muktinath Bank

वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार ८४७ मध्ये ९ हजार ४०६ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ मा निर्वाचन प्रचारप्रसार खर्चसम्बन्धी व्यवस्था छ । ऐनमा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने उल्लेख छ तर कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीय तहमा मनोनयन दर्ता गराई निर्वाचन प्रतिस्पर्धामा भाग लिएका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् । कर्णालीमा हालसम्म ३ हजार ४४१ जनाले मात्रै खर्च विवरण बुझाएका छन् ।


Advertisment
Nabil box
Kumari

स्थानीय तहमा उम्मेदवार बनेका सुर्खेतका २ हजार ४८ जनामध्ये ५८६, दैलेखका १ हजार ७६५ मध्ये ९४१, जाजरकोटका १ हजार २०३ मध्ये ५५३ र कालिकोटका १ हजार ८४६ मध्ये १४८ र रुकुमपश्चिमका ९०२ मध्ये ६२३ जनाले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका बताइएको छ । 

Vianet communication

सल्यानका १ हजार ४८० जनामध्ये ३९१, डोल्पाका ७९१ मध्ये ६१, जुम्लाका १ हजार २९१ मध्ये ३०२, मुगुका ७०९ मध्ये १०१ र हुम्लाका ७७६ मध्ये ७८ जनाले मात्र खर्च विवरण पेश गरेका हुन् ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार निर्वाचन आयोगले असार ३१ गते ७ दिने सूचना जारी गर्दै उम्मेदवारलाई खर्च विवरण पेश नगर्नुको कारणसहित जवाफ मागेको थियो । ‘ऐनमा तोकिएको अवधिमा खर्च विवरण पेश नगर्नेमा निर्वाचित उम्मेदवार पनि छन्, ३० दिनको म्याद सकिएपछि आयोगको निर्देशनबमोजिम खर्च विवरण नबुझाउनेलाई स्पष्टीकरण सोधेका थियौं,’ प्रदेश निर्वाचन अधिकारी चालिसेले भने, ‘हाल प्राप्त स्पष्टीकरणमाथि अध्ययन गर्दैछौं, यसबीचमा कतिपयले खर्च विवरण पनि बुझाएका छन् ।’

निर्वाचन आयोग ऐनमा ६ महिनासम्म खर्च विवरण नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने प्रावधान छ । सोही ऐनमा यस्तो निर्णय गर्नुअघि आयोगले सम्बन्धित राजनीतिक दल वा व्यक्तिलाई आफ्नो सफाइ पेस गर्ने मनासिव मौका दिनुपर्नेछ । खर्च विवरण पेश नगर्ने व्यक्ति निर्वाचित भएको खण्डमा निजको निर्वाचन स्वतः बदर हुने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x