
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ बाट संघीय निर्वाचन लड्ने भएका छन् । उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले उनको नाम क्षेत्र नम्बर १ बाट सर्वसम्मतिले सिफारिस गरेको हो । यस्तै इलाम–२ मा सन्जिप राईलाई सिफारिस गरिएको छ ।
प्रदेशसभातर्फ प्रदेश–१ को क र खका लागि जिल्ला अध्यक्ष भक्त केसी, वृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा पठाइएको छ । यसैगरी, क्षेत्र नम्बर–२ क र खका लागि प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतको नाम सिफारिस भएको एकीकृत समाजवादी जिल्ला कमिटीले जनाएको छ।