
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिवार पनि बस्दैछ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा शुक्रवारदेखि शुरू भएको बैठक शनिवार पनि जारी रहने छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
शनिवारको बैठकमा शुक्रवार १० समूह विभाजित केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर सुझाव दिनेछन् । समूहगत छलफलका लागि प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग छुट्याइएको छ ।
समूहगत छलफलपछि आएको सुझावको आधारमा शनिवारै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने छ ।