२२ असार २०८३, सोमबार

भारत–पाकिस्तानको क्रिकेट सामूहिक रूपमा हेर्दा विद्यार्थीलाई ८ हजार रुपैयाँ जरिवाना !

भदौ १२, २०७९
भारत–पाकिस्तानको क्रिकेट सामूहिक रूपमा हेर्दा विद्यार्थीलाई ८ हजार रुपैयाँ जरिवाना !

एसिया क्रिकेटमा हुन गइरहेको भारत–पाकिस्तान क्रिकेट खेल सामूहिक रूपमा हेर्ने विद्यार्थीहरूलाई ८ हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

भारतको जम्मू–कश्मीरस्थित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी श्रीनगरले सूचना जारी गर्दै सामूहिक रूपमा क्रिकेट हेर्न निषेध गरेको छ ।

इन्स्टिच्युटको छात्रावासमा बस्ने विद्यार्थीले क्रिकेट प्रतियोगिता अवधिभर आफ्नो कोठाबाहिर निस्किन पाइने छैन । आफ्नो कोठामा पनि खेल हेर्दा अनुशासित हुनुपर्ने व्यवस्था गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सूचनामा भनिएको छ, ‘विद्यार्थीलाई निर्देशन गरिन्छ कि खेललाई खेलको रूपमा लिनुहोला । संस्थान/होस्टेलमा कुनै पनि किसिमको अनुशासनहीनता प्रदर्शन गर्न पाइने छैन ।’

समूहमा क्रिकेट हेर्दा वादविवाद हुनसक्ने भएकाले कोठाबाहिर निस्किन निषेध गरिएको छ । विद्यार्थीले क्रिकेटसँग सम्बन्धित कुनै पनि कुरा सामाजिक सञ्जालमा समेत राख्न पाइने छैन । 

salt training

कमेन्ट गर्नुहोस्