
उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको विभत्स हत्या भएको छ । बेलका–७ का एकैपरिवारका ३ जनाको हत्या भएको हो । ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको विभत्स हत्या भएको प्रदेश–१ प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए । उनीहरूको शव खोलामा भेटिएको थियो ।
राजकुमारका दाइ नाता पर्ने नरबहादुर बस्नेतले तीनैजनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न बस्नेतलाई प्रहरीले पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी सुदीप गिरीले जानकारी दिए ।
पारिवारिक विवादको विषयलाई लिएर राजकुमारले तीनै जनाको हत्या गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ ।