०३ असार २०८३, बुधबार

६ लाखमा मृगौला बेच्ने ४ जना कारागार चलान

६ लाखमा मृगौला बेच्ने ४ जना कारागार चलान

मृगौला बेचेको आरोपमा पक्राउ परेका ४ जना कारागार चलान भएका छन् । नुवाकोट छहरेका एक युवकलाई जबरजस्ती भारतको कलकत्ताको मुकुन्दपुर पुर्‍याएर उनकाे मिर्गौला बिक्री गरेको आरोपमा ४ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि कारागार पठाएको एसपी दानबहादुर मल्लले जानकारी दिए ।

कारागार पठाइएकामा शिवपुरी गाउँपालिका–७ ४६ वर्षीय ‘बाँदरे’ भन्ने मुरली दमाई, ३० वर्षीय राजु नेपाली, २६ वर्षीय राजेश परियार र ३० वर्षीय ‘सानु’ भन्ने सुवास नेपाली छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले उनीहरूलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको थियो । 

एसपी मल्लका अनुसार उनीहरूले भारतको एउटा मःमः पसलमा मासिक ३० हजार पारिश्रमिक पाउने गरी जागिर लगाइदिने भन्दै पीडितलाई भारतको कलकत्ताको मुकुन्दपुरमा रहेको रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्‍याएका थिए । अस्पताल पुर्‍याएपछि ती युवकलाई बेहोस बनाउने सुई लगाएर मिर्गौला पनकालेका थिए । उनीहरूले ती युवकको मिर्गौला ६ लाख रुपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । 

त्यसपछि उनीहरूले असार ७ गते नेपाल ल्याएर ती युवकलाई छाडेका थिए । उनीहरूलाई प्रहरीले साउन २१ गते पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत काठमाडौंले भदौ १७ गते जगन्नाथदेवल कारागार पठाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्