२२ असार २०८३, सोमबार

सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन

सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमवार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई  प्रहरीले आइतवारबाट हिरासतमा राखेको थियो । 

भिएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्