१४ असार २०८३, आइतबार

कक्षा १२ मा पढ्ने विद्यार्थी झुण्डिएको अवस्थामा फेला

कक्षा १२ मा पढ्ने विद्यार्थी झुण्डिएको अवस्थामा फेला
सांकेतिक तस्वीर

सिराहाको लहानमा कक्षा १२ मा पढ्ने विद्यार्थीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । 

लहान नगरपालिका–६ श्रीराम कोलाेनीस्थित होस्टलमा बस्दै आएका जेएम मुरारका बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर पढ्ने राजन पासवानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय लहानले जनाएको छ । 

सप्तरी कल्याणपुर नरपालिका–७ का पासवान विगत १० महिनादेखि होस्टेलमा बस्दै आएका थिए । बेलुका करिब १२ गते सुत्न गएका उनको शव नाइनलको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्