२३ जेठ २०८३, शनिबार

रेमण्डको सातौं शोरुम गोल्फुटारमा

रेमण्डको सातौं शोरुम गोल्फुटारमा

विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्डको नेपालमा  आफ्नो सातौं  शोरुम गोल्फुटार ६, बुढानिलकण्ठ काठमाडौंमा  सञ्चालनमा आएको छ ।

सोमवार भब्य कार्यक्रमका बीच पुुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले सो शोरुमको उद्घाटन गरेका छन् । 

नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरू उपलब्ध छन् । 

यस ब्राण्डका कपडाहरूमा खुम्चिने समस्या नआउनुका  साथै चर्को घामको किरणले (पराबैजनी किरणले) समेत कुनै असर नपार्ने अत्याधुनिक बिशेषता युक्त गुणस्तरिय कपडाहरु रहेको शोरुमले जनाएको छ । 

यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरि, महेर, आन्गोरा जस्ता उच्च कोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका रेमण्डका उत्पादनहरू अन्य ब्राण्डको उत्पादन भन्दा स्तरीय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेमण्डले जनाएको छ । 

सटिङ्ग सुटिङ्गका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री  अष्टे«लियाबाट ल्याइन्छ साथै उल मार्क गुणस्तर चिन्ह प्राप्त  छ । 

रेमण्डका अध्यक्ष संजय अधिकारी आफ्नो ब्राण्डका पहिरनमा  गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताउँछन् । 

त्यसैले उपभोक्ताहरूलाई उनी यस ब्राण्डको प्रयोगबाट ठगिने आशंकाबाट ढुक्क भई रेमण्ड ब्राण्ड खरिद गर्न सक्ने उनले बताए । 

नेपालको पुतलीसडकमा  रेमण्ड ब्राण्डको आधिकारीक शोरुम  पहिलो  पटक सन १९९९ मा संचालनमा आएको हो । 

गोल्फुटारमा नयाँ खोलिएकोे आउटलेट सहित रेमण्डका ब्राण्डहरु देशका  विभिन्न ६  स्थान  दरबारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा रहेका छन् ।

साथै यसले देशका विभिन्न शहरहरु बुटवल, पोखरा, विराटनगर आदिमा रेमाण्ड ब्राण्डका शाखाहरू विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्