×

NMB BANK
NIC ASIA

वायु सेवा कम्पनीहरूको असहयोग

भैरहवा विमानस्थललाई 'भाइब्रेन्ट' बनाउन क्यानको पहल, काठमाडौंबाहिर जान ठूला वायुसेवा अनिच्छुक

असोज ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौं आउने वायु सेवालाई भैरहवा जानुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

Muktinath Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २ वटाभन्दा बढी उडान गर्ने वायु सेवाले कम्तीमा एउटा उडान भैरहवाबाट गर्नैपर्ने व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन आगामी कात्तिक १५ गतेपछि उडानमा यस्तो व्यवस्था  गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘काठमाडौंमा दैनिक २ भन्दा बढी उडान गर्ने वायु सेवाले कम्तीमा एउटा उडान भैरहवामा गर्नैपर्ने हुन्छ ।’

Vianet communication
Laxmi Bank

प्राधिकरणको यस्तो निर्णयमा सबैजसो अन्तर्राष्ट्रिय उडानका वायु सेवा सहमत नै रहेको र सकारात्मक प्रतिक्रिया आएको समेत निरौलाले बताए । 

हाल काठमाडौं विमानस्थलबाट दैनिक २ वटाभन्दा बढी उडान गर्नेमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर इण्डिया र कतार एयरलाइन्स छन् । यी वायुसेवाले आगामी विन्टर सिजन (नोभेम्बर १ देखि) को सेड्युल स्वीकृत गर्दा कम्तीमा एउटा उडान भैरहवामा गर्नैपर्ने हुन्छ । भैरहवामा उडान नगर्ने यस्ता वायु सेवाको काठमाडौंमा हुने उडान तालिका नै स्वीकृति नहुने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको यस्तो निर्णयले आगामी १ महिनापछि यी ४ वटै वायु सेवा भैरहवा जानेछन् । अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा थप भएसँगै विमानस्थलमा हवाई उडानको चाप बढ्दा सबै पक्षलाई लाभ नै हुने तर्क निरौलाको छ । प्राधिकरणको यस्तो निर्णयले विमानस्थल चल्न सहयोगी हुन्छ भने सम्बन्धित वायु सेवाका लागि काठमाडौं आउनु नपर्ने, तराईका जिल्ला र आसपासबाट आउने यात्रुलाई पनि सहज हुन्छ ।

उड्डयन प्राधिकरणका अनुसार अबको १ महिनापछि नै गौतमबुद्ध विमानस्थलबाट कम्तीमा ६ वटा अन्तर्राष्ट्रिय वायु सेवाको उडान हुनेछ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरलाइन्स, एयर इण्डिया, हाल उडान गरिरहेको जजिरा र आउने तयारी गरिरहेको बिज एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट नियमित सेड्युल उडान गर्नेछन् । यो विमानस्थलमा चार्टर उडान गर्न भने जुनसुकै बेला पनि वायु सेवालाई खुला हुने विमानस्थल कार्यालयको भनाइ छ । 

यसअघि नै यो विमानस्थलमा उडान गर्ने वायु सेवाका लागि नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ सेवा) मा ५० प्रतिशत छुट दिइसकेको छ । यो विमानस्थलमा यात्रु र यात्रुको सामान जहाजसम्म पुर्‍याउने ल्याउने (भूमिस्थ सेवा) को काम नेपाल एयरलाइन्सले गर्छ । यस्तो सेवामा छुट दिँदा एयरबसको ए३२० वा सोसरह क्षमताको जहाजका लागि काठमाडौंको तुलनामा करीब १ लाख छुट भएको छ । 

भूमिस्थ सेवाबाहेक नागरिक उड्डयन प्राधिकरणले दिने पार्किङ, नेभिगेसन सहितको एरोनटिकल (जहाज उडाउँदा लाग्ने शुल्क) मा पूर्ण छुट दिएको छ । यस्तो छुट ए३२० सरहको जहाजका लागि १ लाख ५० हजार रुपैयाँसम्म हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनले भने, ‘विमानस्थल सञ्चालन गर्न र नयाँ–नयाँ वायु सेवालाई आकर्षित गर्न यस्तो छुटको सुविधा दिइएको हो । झाले भने, ‘नेपाल एयरलाइन्स र प्राधिकरणको छुट सुविधाले हरेक उडानमा सम्बन्धित वायु सेवालाई काठमाडौं अवतरण गर्नुको तुलनामा भैरहवा जाँदा लाभ हुन्छ ।’ यस्तो छुट सुविधाका कारण न्यारोबडीको जहाजलाई २ लाख ५० हजार र वाइडबडीलाई ५ लाख रुपैयाँसम्म लाभ हुने झाको भनाइ छ । 

हाल काठमाडौं आएर उड्ने यात्रु पनि तराई क्षेत्र र आसपासकै हुने भएकाले उतैबाट उडान हुँदा सहज हुन्छ । यात्रुलाई सहज हुने, एयरलाइन्स तथा उड्डयन प्राधिकरणलाई पनि लाभ हुने बुझाइ प्राधिकरणको छ । 

लाभ हुँदा समेत वायु सेवा कम्पनीको रुचि किन कम ?

कुनै पनि वायु सेवाले नयाँ  विमानस्थलमा उडान गर्ने भनेको लामो समयको तयारी र व्यापारिक योजना बनाएर गर्नुपर्ने हुन्छ । एउटा वायु सेवा नयाँ विमानस्थलमा जाने हुँदा यात्रु पाइने सुनिश्चित आधार चाहिन्छ भने व्यापारिक रूपमा लाभ हेर्नुपर्ने पनि हुन्छ । यात्रु नभए वायुसेवाको लागत मात्रै बढ्ने हुन्छ ।

लाभ नहुने अवस्थामा हरेक उडानमा घाटा हुने गरी कुनै पनि वायुसेवा नयाँ विमानस्थलमा जान नरुचाउने भएकाले पनि सरकारले गौतमबुद्ध विमानस्थललाई प्रबर्द्धन गर्न आकर्षित गरिरहेको छ ।

एयरलाइन्सले आजको भोलि नै उडान गर्ने भन्ने नभएकाले पनि कम्तीमा ६ महिनाको तयारी भने गर्नुपर्ने हुन्छ । हाल गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । यो वायु सेवाले विमानस्थल सञ्चालनमा आएकै दिन जेठ २ गतेबाट उडान शुरू गरेको छ । ४ महिनासम्म हप्तामा ३ वटा उडान गरेको यो वायु सेवाले भदौ ३१ गतेदेखि दैनिक १ वटा उडान गरिरहेको छ ।

यो विमानस्थलमा हंगेरिको बिज एयरलाइन्सले आगामी कात्तिक १३ गतेदेखि उडान गर्ने इच्छा देखाएको छ । यसले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावी–काठमाडौं हप्तामा ३ वटा उडान गर्ने भएको छ । यसले अनुमति पाइसकेको छ भने अब उडान तालिका स्वीकृति हुन मात्रै बाँकी रहेको गौतमबुद्ध विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

यसबाहेक यो विमानस्थलमा फ्लाई दुबई, एयर अरेबिया सहितका खाडी मुलुकबाट आउने वायु सेवाले पनि इच्छा देखाएको भए पनि औपचारिक रूपमा आवेदन भने नपरेको गौतमबुद्ध विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यो विमानस्थलमा उडान अवतरण गर्न सम्बन्धित वायु सेवाले रुचि देखाएमा उड्डयन प्राधिकरणले प्रबर्द्धन गर्ने काम गरिरहेको छ । काठमाडौं आउने वायु सेवालाई पनि इमरर्जेन्सी प्लानमा भैरहवा नै राखेर आउन अनुरोध गरिएको छ ।

नेपाल आउने विदेशी वायु सेवाले हरेक उडानमा आकस्मिक अवतरणको तालिका स्वीकृत गराएका हुन्छन् । यस्तो तालिकामा कुनै प्राविधिक कारण गन्तव्यमा पुग्न नसकेमा जुन विमानस्थलमा जाने भनेर स्वीकृत गरिएको हुन्छ, त्यहीँ जानुपर्छ ।

नेपालमा आएका विदेशी वायु सेवाले काठमाडौं अवतरण गर्न नसके वा अन्य प्राविधिक कारण भए नजिकको विमानस्थल लखनउ वा अन्य छिमेकी मुलुकका विमानस्थल जाने गरेका छन् । काठमाडौंको विकल्प भैरहवा र भैरहवाको विकल्प काठमाडौं राख्न प्राधिकरणले अनुरोध गर्दै आएको छ । यसअघि काठमाडौं अवतरण गर्ने जजिरा एयरलाइन्स भैरहवामा अवतरण गर्न थालिसकेको छ ।

रुटको समस्या कायमै

यो विमानस्थलमा अवतरण गर्न भारतले लो लेबलमा रुट अनुमति दिएको छैन । यो विमानस्थलमा अवतरण गर्न रूट अनुमति नपाउँदा हरेक वायु सेवा सिमरा हुँदै आउनुपर्ने हुन्छ ।

यस्तो रुट प्रयोग गर्दा एउटा वायु सेवाले करीब २० मिनेट बढीको उडान गर्नुपर्ने हुन्छ । यो विमानस्थलबाट बाहिरिन भने भारतले अनुमति दिइरहेको छ । 

यस्तो उडानको रुट भैरहवाका लागि नभएर पोखराको लागि मात्रै उपयुक्त हुने बुझाइ पनि उड्डयन क्षेत्रका जानकारहरूको भनाइ छ ।

वायु सेवाको अनिच्छा

प्राधिकरणले भैरहवा जानुस् भनेको विषयमा अनौपचारिक जानकारी आइरहेको भए पनि औपचारिक रूपमा कुनै निर्णय नआएको सम्बन्धित वायु सेवाको भनाइ छ । ती वायुसेवाले आफूहरूको पनि तयारी नभएको बताएका छन् । 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले नै तत्काल भैरहवाबाट उडान गर्ने कुनै योजना बनाएको छैन । यसले उडान शुरूआत गरेको अवस्थामा अरु वायु सेवालाई दबाब पर्ने भए पनि निगम नै भैरहवा जान तत्काल इच्छुक छैन ।

निगमका प्रवक्ता अर्चना खड्का जहाज अभाव भएको र काठमाडौंबाट भइरहेको उडानमा एउटा जहाज बिग्रिएकाले उडान व्यवस्थापन मिलाउन समस्या भएको हुँदा भैरहवा जाने तयारी नभएको बताउँछिन् । उनले भनिन्, ‘भैरहवाबाट निगमले नै उडान शुरू गर्नुपर्ने र प्राधिकरणले जानुपर्छ भन्ने बित्तिकै जानुपर्ने भए पनि अहिलेसम्म औपचारिक निर्णय भइसकेको छैन ।’ नेपाल एयरलाइन्स व्यवस्थापन टीमले गरिरहेको तयारी हो भने जानकारी नआएको पनि उनले बताइन् ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सको पनि हालसम्म भैरहवा जाने कुनै तयारी छैन । एयरलाइन्सकी ब्राण्ड म्यानेजर तथा प्रवक्ता उज्ज्वला दलीले भैरहवाबाट उडान गर्ने विषयमा नियामकबाट बाध्यात्मक गर्ने जानकारी नआएको र आफूहरू पनि तत्कालै गइहाल्ने विषयमा तयारी नभएको बताइन् ।

उनले पनि व्यवस्थापनले गरिरहेको तयारीको विषयमा भने आफूसमक्ष जानकारी नआएको बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x