×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षका युवा नेताहरूले पार्टी कार्यालय सानेपामा बुधवार धर्ना दिएका छन् । ‘पार्टीभित्र न्याय र अवसरका लागि’ भन्दै संघर्ष गरिरहेका नेताहरूले धर्ना दिएका हुन् । 
धर्नामा युवा नेता गुरुराज घिमिरे, कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसीलगायतका नेताहरूले धर्ना कार्यक्रमको नेतृत्व गरिरहेका छन् । निर्वाचन आयोगमा कांग्रेसले पेश गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूची सच्याउनुपर्ने, प्रत्यक्षतर्फ टिकट वितरण गर्दा आफ्नो समूहलाई ४० प्रतिशतको हिस्सा दिनुपर्ने उनीहरूको माग छ । आयोगले समानुपातिकतर्फको बन्दसूची सच्याउने राष्ट्रिय दललाई बिहीवारसम्मको समय दिएको छ ।
००००
विवेकशील साझा पार्टी छाडेर रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । राप्रपामा उनलाई वरिष्ठ उपाध्यक्षको हैसियत दिइएको छ ।
नेपालका पुराना राजनीतिक दल र नेताहरूको विकल्पमा नयाँ वैकल्पिक शक्ति निर्माणको अभियानमा होमिएका मिश्र अन्ततः पुरातनवादी सोच बोक्ने पार्टीमा समाहित भएका छन् । 
पत्रकारिताबाट आर्जन गरेको पहिचानको प्रयोग गर्दै मिश्रको नेतृत्वमा २०७३ सालमा साझा पार्टी गठन भएको थियो । ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने नारा लगाउने मिश्रले राजनीतिक रूपमा ठूलो परिवर्तनको छाँट त देखाएका छैनन्, उनको विचार, स्थायित्व र दल परिवर्तनको आयाम भने फराकिलो हुँदै गएको छ ।
००००
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवार चयन गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बिहीवार दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको एमाले उपमहासचिव विष्णु रिमालले बताए ।
एमालेले उक्त बैठकबाट विभिन्न दलहरूसँग तालमेलको क्रममा कुन दललाई कति सिट छाड्ने बारे पनि टुंगो लगाउने बताइएको छ । यसैबीच सत्ता गठबन्धनले सिट बाँडफाँटबारे लगभग सहमति जुटाएको छ।  बुधबार राति अबेरसम्म बसेको बैठकले सिट बाँडफाँटमा करिब करिब सहमति जुटाएको हो ।
००००
डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिँदा ४ जनाको भने मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
००००
अमेरिका चीनबीचको व्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आईफोन १४ बनाउन थालेको हो ।
०००
कालीमाटी क्षेत्रका खाद्य पसलहरुमा म्याद सकिएका, ओसिएका र कीरा धुन लागेका चामल चिउरालगायतका खाद्यवस्तु बरामद गरिएको छ । बुधबार काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं उपप्रमुख सुनिता डंगोल नेतृत्वको अनुगमन टोलीले डी एण्ड डी खाद्य सप्लायर्सबाट ७७ बोरा–प्याकेट र अमन खाद्य किराना पसलबाट ४ बोरा ÷ प्याकेट बरामद गरेको हो । सप्लायर्सलाई एप्पल ब्राण्डका १० बोरा चामल विक्री गर्न रोक लगाइएको छ ।
००००
चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिने  ४२ जनालाई काठमाडौँ उपत्यकाबाट बुधबार ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जना पक्राउ परेका हुन् ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चंगा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ ।
००००
नजिकिँदै गरेको दशैं, तिहारलगायतका चाड(पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैं, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरुको चाप बढ्ने भएकाले यात्रुहरूलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
००००
सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 
बुधवार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ऋण असुली न्यायीकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको बताए ।
००००
लोकतान्त्रिक समाजवादी पार्टीकी नेत्री चन्दा चौधरीले पार्टी परित्याग गरेकी छन् । उनले नेपाली कांग्रेसमा प्रवेश गर्न पार्टी परित्याग गरेकी हुन् । बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चौधरीले भेटवार्ता समेत गरेकी छन् । उनलाई सर्लाही–४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेको स्रोतको दाबी छ ।
००००
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । 
एन्फाको बुधवार बसेको विशेष साधारण सभामा भएको पुनः निर्वाचनबाट उनीहरू निर्वाचित भएका हुन् ।
००००
गृहसचिव विनोद प्रकाश सिंहले बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरेका छन् । उनले हल्चोक र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनका समस्या र चुनौतीहरूका बारेमा जानकारी लिएका छन् ।
००००
नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत वाणिज्य बैंकहरूले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरूले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरूले विरोध जनाएका छन् । 
नेपाल राष्ट्र बैंकले रु ५ करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो ।
००००
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका–३ मुलपानीमा मंगलवार राति २ बजे दुर्घटना भएको हो ।
००००
निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतवारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधवारदेखि निर्वाचन आचारसंहिता २०७९ लागू गरेको छ ।
आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन ३ वटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x