×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

एमालेको प्राथमिकता घनश्याम कि राप्रपाका दीपक, यस्तो छ चुनावी हिसाब

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एमाले नेता घनश्याम भुसालले नेपालीको राजनीतिमा बौद्विक नेताको पहिचान बनाएका छन् । विशेषगरी, मार्क्सवादी दृष्टिकोणको विवेचना र विश्लेषणमा उनको दखल छ । 

Muktinath Bank

नेकपा एमालेमा स्थायी कमिटी सदस्य रहेका भुसाल उत्तिकै आलोचनात्मक पनि छन् । पार्टीमा सधैं प्रतिपक्षको बेन्चमा देखिन्छन् उनी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेमा अहिले पार्टी अध्यक्ष केपी ओलीको सोच, शैली र निर्णयमाथि टिप्पणी र प्रश्न गर्नेमा उनी एक्लोजस्तै छन् । तर, निर्वाचनको मिति नजिकिदै जाँदा भुसाल चुपचाप छन् । गृहजिल्ला रूपन्देहीमा भइरहेका पार्टीका प्रदेशस्तरीय छलफल, प्रशिक्षण, चुनावी रणनीति निर्माणका कार्यक्रममा उनलाई स्थानीय नेताहरूले खबरसमेत गर्दैनन् ।


Advertisment
Nabil box
Kumari

लामो समयदेखि जिल्लामा हुने राजनीतिक कार्यक्रममा भुसाललाई देख्न छाडिएको छ । उनीनिकट नेताहरू भने उनलाई आगामी चुनावमा रोक्ने पार्टी केन्द्रको नीति भएकाले स्थानीयस्तरमा सोहीअनुसारको प्रयोग भइरहेको बताउँछन् । 

Vianet communication
Laxmi Bank

राजनीतिक दर्शनको विमर्शमा रूची र क्षमता राख्ने भुसालको भूगोलमा पार्टी निर्माणमा योगदान नभएको भनेर उनको आलोचना पनि हुने गरेको छ । 

भुसाल आफैँले पनि गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणसँग प्रतिष्पर्धा गर्न नसकिने आंकलन गरेरै गुपचुप बसिरहेको एमालेकै कतिपय नेताहरू बताउँछन् । 

दलहरूले उम्मेदवार टुंगो नलगाए पनि ठूला दलका नेता कार्यकर्ताहरू भने चुनावी गतिविधि लिएर गाउँ फर्किएका छन् । तर, एमाले नेता भुसालले अहिलेसम्म चुनावी कार्यक्रममा चासो देखाएका छैनन् ।  

रूपन्देही क्षेत्र नम्बर–१ र ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिस भए पनि उनको नाम एकल सिफारिस भने हुन सकेन । 

२०७४ को चुनावमा रूपन्देही क्षेत्र नम्बर–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता दीपक बोहोरालाई पराजित गर्दै भुसाल निर्वाचित भएका थिए । अहिले एमालेले राप्रपासँग चुनावी तालमेल गरेर भुसालको क्षेत्र राप्रपालाई दिन लागेको चर्चा एमालेवृत्तमा छ । 

कांग्रेस नेता तथा गृहमन्त्री खाण पनि रूपन्देही क्षेत्र नम्बर–३ बाट उम्मेदवारकोरूपमा एकल सिफारिस भएका छन् । उनको नाम रूपन्देही–२ बाट पनि सिफारिस भएको छ । 

एमाले नेता भुसालसँगै रूपन्देही–३ बाट तिलोत्तमा नगरपालिकाका निर्वतमान मेयर बासुदेव घिमिरे, प्रदेश सदस्य यज्ञजित शाह र दुर्गा भुसालको नाम पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवारकोरूपमा सिफारिस भएको छ ।

भुसाल पार्टीभित्र र बाहिर बौद्धिक, समाजको चरित्र बुझ्न सक्ने र विकासको मोडल बनाउन सक्ने नेताकोरूपमा चिनिन्छन् । तर, उनी कृषि तथा पशुपंक्षी विकास मन्त्री हुँदा प्रभावकारी काम गर्न नसकेको भनेर जिल्लामा उनकै कार्यकर्ताले आलोचना गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर प्रश्न उठाइरहने भएका कारण ओलीले यस पटक उनलाई संसद्मा आउन नदिने रणनीति बनाइरहेको भुसालनिकट नेताहरूको दाबी छ ।

भुसालले वामपन्थी एकताको पक्षमा आफूलाई प्रस्तुत गरेको र पार्टी विभाजनको दोष अध्यक्ष ओलीलाई लगाएकोप्रति पनि ओलीको असन्तुष्टि देखिएको भुसालनिकट नेताहरू बताउँछन् । 

तत्कालीन नेकपा र त्यसपछि एमाले विभाजन भइसकेपछि भुसालले आफूलाई वामपन्थी एकताको पक्षमा प्रस्तुत गरिरहेका छन् । आगामी चुनावमा वामपन्थी तालमेल गरेर जानुपर्ने प्रस्ताव उनले पार्टीको पोलिटव्यूरो र स्थायी कमिटी बैठकमा गरेका थिए । तर, अध्यक्ष ओलीले भुसालको प्रस्तावलाई बैठकको कार्यसूची बन्नै दिएनन् । वाम दलहरूबीचको एकताबाटै मुलुकले निकास पाउने भुसालको धारणा छ । 

तर, एमाले नेता भुसाल भने आफू पार्टी नेता÷कार्यकर्तासँग निरन्तर सम्पर्कमै रहेको बताउँछन् । ‘कसले मलाई गुमनाम बनायो थाहा भएन । जिल्लामा कम आए पनि सबैसँग सम्पर्कमै रहेर काम गरेको छु । जिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा कम आए होला’, भुसालले भने ।

आगामी मंसिरमा हुने चुनावमा आफू उम्मेदवार हुने सोचमा रहेको पनि भुसालले बताए ।  

भारतीय सीमा बेलहियादेखि बुटवल–१९ सम्म रूपन्देही क्षेत्र नम्बर–३ पर्छ । यो क्षेत्रमा बुटवलका वडा नम्बर १४ देखि १९, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर–२, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७, सुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका वडा नम्बर–१३ र १४ पर्छन् । 

अघिल्लो चुनावमा भुसाल फराकिलो मतान्तरले विजयी भएका थिए । उनले ३२ हजार ८६६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी राप्रपाका दीपक बोहोराले २७ हजार ४२२ मत ल्याएका  थिए । 

त्यसबेला एमाले–माओवादी तालमेल थियो भने बोहोरालाई कांग्रेसले सहयोग गरेको थियो । 

२०५२ सालको उप–निर्वाचनमा कांग्रेसका रामकृष्ण ताम्रकारलाई हराउँदै सांसद बनेका भुसाल २०७० को निर्वाचनमा क्षेत्र नम्बर–३ मा नै कांग्रेस नेता बालकृष्ण खाणसँग ८२ मतले पराजित भएका थिए । राप्रपाका बोहोरा पञ्चायतकालदेखि रूपन्देहीका सदाबहार उम्मेदवार हुन् ।

एमाले रूपन्देही सचिव यज्ञ गैरेले भुसाल उम्मेदवार बनेर आए उनलाई जिताउने गरी पार्टी परिचालित हुने बताए । ‘उम्मेदवार बनेर आए हामीले नै हो जिताउने । जितेर गएपछि उहाँ किन जिल्लामा आउनुभएन भन्ने प्रश्नको जवाफ हामीसँग छैन । पार्टीले जसलाई सूर्य ध्वजाबाहक उम्मेदवार बनाएर पठाउँछ उसैलाई जिताउने हाम्रो कर्तव्य हो’, सचिव गैरेले लोकान्तरसँग भने । 

रूपन्देहीमा राप्रपाले एमालेसँग रूपन्देही–१ मागेको छ । तर, एमाले त्यसका लागि सकारात्मक देखिएको छैन । रूपन्देही–१ मा एमाले सचिव छविलाल विश्वकर्मा उम्मेदवार सिफारिस भएका छन् । राप्रपाका बोहोरा अहिले रूपन्देही–१ बाट चुनाव लड्ने ‘मिसन’मा छन ।

एमालेले रूपन्देही–१ राप्रपालाई दिएर रूपन्देही–३ को उम्मेदवार भुसाल नै भए भने यहाँको चुनाव रोचक हुने देखिन्छ । 

गत स्थानीय तह निर्वाचनमा रूपन्देही–३ बाट राप्रपाले १३ हजार ३९७ मत ल्याएको थियो । त्यस्तै कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एकीकृत समाजवादीले ९७७ मत ल्याएका थिए ।

पाँच दलीय गठबन्धनको मत जोड्दा ४४ हजार १९४ हुन आउँछ । एमाले र राप्रपाको मतको योगफल ४२ हजार ४४५ छ । स्थानीय तहको वडाध्यक्षहरुको मत जोड्दा गठबन्धन अगाडि देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x