×

NMB BANK
NIC ASIA

गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गोरखा दरबारको दसैँघरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पुर्‍याएर भित्र्याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।     

Muktinath Bank

दरबारको दसैँघरमा विधिपूर्वक पूजाअर्चना गरी सुसारेहरुले साँझ दरबारमा फूलपाती भित्र्याइएको उनले बताए । गए राति जङ्गलबाट ल्याएको दारिम, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूलहरुलाई फूलपातीका रूपमा दरबार भित्र्याइएको प्रमुख भुसालले जानकारी दिए । गोरखा दरबारका सुसारेहरुले जङ्गलबाट जम्मा गरेर ल्याएको फूलपाती लिन दसैँघरदेखि हर्ष बढाइँका साथ दरबार हेरचाह अड्डाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको लावालस्करहरु शतिपीपल डाँडामा पुगेका थिए ।          


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरुले मङ्गल गीत र मालश्री राग गाउँदै, बन्दुकेहरु हर्ष बढाइँ गर्दै र भार बोक्ने भारवाहकहरु फूलपानी पर्सने सिँढीसम्म आइपुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर गोरखा दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।         


Advertisment
Nabil box
Kumari

गोरखा दरबारमा हरेक वर्ष भने दरबारबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाम माथि देखिने समयमा दरबारको दसैँ घरमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारको दसैं घरबाट काठमाडौँको हनुमानढोका दसैँ घरमा बिहानको साइतमा फूलपाती पठाइएको थियो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x