३० असार २०८३, मंगलबार

मतदानको दिन पनि यातायातको साधन सञ्चालन गर्न दिइन्छ : निर्वाचन आयोग

मतदानको दिन पनि यातायातको साधन सञ्चालन गर्न दिइन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले यसपटकको निर्वाचनको दिन मंसिर ४ गते यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्नका लागि अनुमति दिने भएको छ । ज्येष्ठ नागरिक, अशक्त, मतदान केन्द्र भन्दा धेरै टाढा भएका मतदाताहरूका लागि पनि यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्न अनुमति दिने निर्णय आयोगले गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । 

मतदानको दिन यातायातको साधन सञ्चालन गर्नका दिनका लागि आयोगले यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरीका प्रतिनिधिहरू रहेको कार्य दल गठन गरी त्यसले दिएको सुझावको आधारमा सो निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतमा वर्षहरूमा निर्वाचनका दिन नेपाल बन्द आह्वानको दिनजस्तो भएकाले त्यसो हुन नदिन पनि आयोगले यस वर्ष मंसीर ४ गते हुने निर्वाचनका लागि यातायातका साधनहरू संचालन गर्न अनुमति दिने निर्णय गर्नु परेको जानकारी दिए । 

ज्येष्ठ नागरिकहरू, अशक्त व्यक्तिहरू, मतदान केन्द्र टाढा छ भने त्यहाँ जानको निमित्त अरु व्यक्तिहरूलाई पनि अप्ठ्यारो पर्ने भएकाले त्यस दिन आवागमनको निम्ति यातायातको व्यवस्थापन गर्न पनि कठिन हुने भएकाले तपाईंहरू सबैको सुझावको आधारमा यो वर्ष यो चुनावमा ४ गतेको दिन हामीले व्यवस्थित ढंगले यातायात संचालन गर्ने भन्ने निर्णय गरेको छौँ’, थपलियाले भने, ‘त्यसको निमित्त निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरी लगायत सम्मिलित एउटा कार्यदल गठन गरिएको छ । त्यसले दिएको सुझावको आधारमा आयोगले उक्त दिन छरपष्ट ढंगले होइन्, व्यवस्थित ढंगले यातायातको साधन सञ्चालनका लागि अनुमति दिन्छ ।’

निर्वाचन आयोगले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न हुने गरी निर्वाचन सुरक्षा व्यवस्था पनि मिलाइएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्