३१ असार २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

काठमाडौं–२ मा गठबन्धनको उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती

काठमाडौं–२ मा गठबन्धनको उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती
फाइल तस्वीर

काठमाडौं क्षेत्र नम्बर–२ मा पूर्व सभामुख ओनसरी घर्ती सत्ता गठबन्धनको उम्मेदवार बनेकी छिन् ।

नेकपा माओवादी केन्द्रको भागमा परेको काठमाडौं–२ मा घर्तीले टिकट पाएकी हुन् । 

यसअघि उनी रुपन्देही–१ बाट चुनाव लड्ने तयारी गरेकी थिइन् । 

रुपन्देही–१ मा सत्ता गठबन्धनले एमाले परित्याग गरेका घनश्याम भुसाललाई समर्थन गर्ने भएपछि ओनसरी काठमाडौं सरेकी हुन् । 

२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट झक्कु सुवेदी विजयी भएका थिए । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आइतवार उम्मेदवारी मनोनयनको कार्यक्रम छ । 

माओवादीको भागमा परेको काठमाडौं ७ बाट मानुषी भट्टराइ यमी र काठमाडौं ९ बाट कल्पना धमलाले उम्मेदवारी दिँदैछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्