२९ असार २०८३, सोमबार

भारतीय अर्थमन्त्री सीतारमण जब तरकारी किन्न आफैं बजार पुगिन्...

असोज २३, २०७९
भारतीय अर्थमन्त्री सीतारमण जब तरकारी किन्न आफैं बजार पुगिन्...

भारतको केन्द्रीय वित्तमन्त्री (अर्थमन्त्री)निर्मला सीतारमणको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियोमा मन्त्री निर्मला सीतारमण आफैं बजारमा तरकारी किन्दै गरेको देखिएकी छिन् । 

सार्वजनिक भएको भिडियो चेन्नईको हो ।

निर्मला सीतारमण शनिवार चेन्नईको म्यालापुर क्षेत्रमा तरकारी किन्दै देखिएकी थिइन् । 

यसै क्रममा उनले केही तरकारी बिक्रेतासँग अन्तर्क्रिया समेत गरेकी थिइन् ।

अर्थमन्त्री निर्मला सीतारमणले तरकारी किन्दै गरेको भिडियो उनको कार्यालयको ट्विटर ह्यान्डलबाट शेयर गरिएको छ ।

उक्त ट्विटलाई अर्थमन्त्री निर्मला सीतारमणले आफ्नो ट्विटर ह्यान्डलबाट रिट्वीट पनि गरेकी छन् ।

भिडियोमा उनी तरकारी पसलमा पुगेर आफैं तरकारी छानेर तौलका लागि तरकारी विक्रेतालाई दिँदै गरेको देखिन्छ । 

सार्वजनिक भएको यस  भिडियोमा धेरैले तारिफ गर्दै प्रतिक्रिया दिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्