२९ जेठ २०८३, शुक्रबार

दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालन

दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालन
प्रतिकात्मक तस्वीर

पूर्वपश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिरोले अवरुद्ध सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । 

लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्वपश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक बुधवार साँझदेखि एकतर्फीरूपमा सञ्चालनमा आए पनि ठूला मालबाहक सवारीलाई पूर्वमा दुम्किबास र पश्चिम बर्दघाटमा रोकिएको थियो । नेपाल प्रहरी र सडक विभागको सहकार्यमा रातभरमा सडकलाई दुईतर्फी सञ्चालनमा आउने गरी तयार पारिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पहाडतर्फको भागलाई खनेर बाटो चौडा बनाइएको प्रजिअ अधिकारीले बताए । पहिरोका कारण विस्थापित भएका ४ घरपरिवारलाई गाउँपालिकासँगको समन्वयमा आश्रयस्थलमा राखिएको घिमिरेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्