३१ असार २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

'ढेउवा' प्रकरण : माधव नेपाललाई कारवाही गर्न प्रहरीलाई निर्वाचन आयोगको पत्र

कात्तिक ३, २०७९
'ढेउवा' प्रकरण : माधव नेपाललाई कारवाही गर्न प्रहरीलाई निर्वाचन आयोगको पत्र

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व माधवकुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले प्रहरीलाई अनुरोध गरेको छ ।

रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता नेपालले मतदाता प्रभावित पार्ने उद्देश्यले फ्री भिसा, फ्री टिकट उपलब्ध गराउने भाषण गरेको सम्बन्धमा आयोगले कारवाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।

'माधव नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरूलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य भएकाले त्यस सम्बन्धमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ,' आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई बिहीवार लेखेको पत्रमा भनिएको छ ।

माधव नेपालले केही दिनअघि रौतहटमा भाषण गर्ने क्रममा 'विना ढेउवाके टिकट मिल्ते हैं, विना ढेउवाके भिसा मिल्ते हैं' भन्दै भाषण गरेको अडियो सार्वजनिक भएको थियो ।

आयोगले नेपाललाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ ।

मतदाता प्रभावित पार्न प्रलोभन देखाएको पुष्टि भएमा १ लाखसम्म जरिवाना वा दुई वर्ष कैद हुने व्यवस्था निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ मा छ ।

salt training

कमेन्ट गर्नुहोस्