३० असार २०८३, मंगलबार

निर्वाचन आयोगको निर्णय शंकास्पद छ, म अदालत जान्छुः तोसिमा कार्की

कात्तिक १२, २०७९
निर्वाचन आयोगको निर्णय शंकास्पद छ, म अदालत जान्छुः तोसिमा कार्की

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा तोसिमा कार्कीले निर्वाचन आयोगले गरेको आफ्नो उम्मेदवारी खारेजी निर्णय शंकास्पद रहेको प्रतिक्रिया दिएकी छन् । निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने उनको धारणा छ । 

यसबारे आफूले न्याय क्षेत्रमा क्रियाशिल रहेका अधिवक्ताहरूसँग परामर्श गरेको र उनीहरु सबैबाट मासिकरुपमा पारिश्रमिक नआउने कुनै पनि पद लाभको पद नरहने सुझाव पाएको उल्लेख गरेकी छन् । 

उसो त मनोनयनको २५ दिन अगाडिनै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन दिएको स्पष्ट गरेकी छन् । 

 तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक नठानेको उनले सामाजिक सञ्जालमार्फत बताएकी छन् । ‘समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समय पछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो । यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ’, उनले भनेकी छन् । 

ललितपुर ३ मा आफ्नो पक्षमा राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि आफ्नो उम्मेदवारी खारेजीको निर्णयका अदालत जाने कार्कीले स्पष्ट गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्