×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

प्युठानको चुनावी हिसाबकिताब : पहिलो परीक्षामा पास होलान् सूर्य थापा ?

कात्तिक २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पत्रकारिता हुँदै एमालेको राजनीतिमा उदाएका युवा नेता सूर्य थापा कम्युनिस्टको ‘गढ’का रूपमा पहिचान बनाएको प्युठानबाट प्रतिनिधिसभामा सदस्य पदको उम्मेदवार छन् ।

Muktinath Bank

अघिल्लो निर्वाचन (२०७४) मा एमालेसहितको सहयोगमा निर्वाचित गराइएकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उनको प्रतिस्पर्धी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले पोलिटब्यूरो सदस्य समेत रहेका थापाले पहिलो पटकमै संसदीय परीक्षा उत्तीर्ण गर्छन् कि पौडेलले आफ्नो जीतको यात्रालाई जारी राख्छिन् भनेर अहिले प्युठानमा चासो र चर्चा व्यक्त भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

पौडेल चुनाव जितेर ५ वर्षसम्म जिल्ला नफर्केको प्युठानबासीको गुनासो छ ।

Vianet communication
Laxmi Bank

२०७० मा समानुपातिकतर्फबाट संविधान सभामा पुगेकी पौडेलले २०७४ मा एमाले र माओवादीको साथले चुनाव जितेकी थिइन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा उनलाई यसपटक कांग्रेस र माओवादीको साथ छ ।

संघारमा आइसकेको प्रतिनिधिसभा निर्वाचनमा थापा र पौडेल घरदैलोमा केन्द्रित छन् । आफूलाई जिताउन जनतालाई विनम्रतापूर्वक आग्रह गर्दै राति अबेरसम्मै नेताहरू गाउँ–गाउँ पुगिरहेका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई बलियो गरी साथ दिने नेता थापालाई तेस्रोपटक चुनावी मैदानमा उत्रिएकी जनमोर्चा उपाध्यक्ष पौडेलको चुनौती छ ।

प्युठान जनमोर्चाको पुरानो किल्ला मानिन्छ । कांग्रेस, माओवादी केन्द्रसहित अन्य दलको साथ दुर्गालाई छ ।

यता पौडेलका प्रतिस्पर्धी एमाले नेता थापा जिल्ला पार्टीमा बलियो पकड भएका नेता मानिन्छ । 

यसअघि पौडेलले कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन् ।

पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए । पौडेल मोहनविक्रम सिंहकी पत्नी हुन् । 

३० वर्षदेखिको राष्ट्रिय जनमोर्चाको ‘रजगज’ आफूले भत्काउने थापाले दाबी गरे ।  

‘जनताको आशाको नजर हामीप्रति छ,’ थापाले लोकान्तरसँग भने, ‘समग्र र योजनाबद्ध प्युठानको विकासको एजेन्डा लिएर हामी जनतामाझ पुग्दा अब साना दलले होइन शक्तिशाली पार्टीले प्युठानमा जित्नुपर्छ भनेर भन्नुभएको छ । म मात्र होइन, प्रदेशसभातर्फका दुवै उम्मेदवारले जित निकाल्छौं ।’

प्युठानलाई बदल्ने समग्र विकासको खाकासहित आफूले ५१ बुँदे प्रतिबद्धतापत्र जनतासमक्ष ल्याएको थापाको भनाइ छ । 

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापाले प्रेस सल्लाहकार भएर काम गरेका थिए ।

धेरै कम्युनिस्ट नेताहरू जन्मिए पनि प्युठानले विकासमा गति लिन नसकेको आमजनताको गुनासो रहँदै आएको छ ।

अहिलेसम्म जिल्लाबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरूले जिल्लाको विकासमा सोचेअनुसार योगदान दिन सकेनन् भन्ने गुनासो मतदाताहरू सुनाउँछन् ।

एमालेले प्रदेशसभातर्फ १ (१) मा तुलसीराम शर्मा र १ (२) मा हरि रिजाललाई उम्मेदवार बनाएको छ । 

शक्ति सन्तुलनका हिसाबले प्युठानमा पहिलो शक्ति र चौथो शक्तिबीच चुनावी प्रतिस्पर्धा भए पनि गठबन्धनको मत एमालेभन्दा बढी छ ।

स्थानीय तह निर्वाचनको नतिजा अनुसार एमालेले ३९ हजार ८७७, कांग्रेसले २१ हजार ५४६, माओवादीले १७ हजार १६३, जनमोर्चाले १३ हजार ६१२ र एकीकृत समाजवादीले १ हजार ४१७ मत पाएका छन् ।

एक्ला–एक्लै चुनाव लड्दा एमाले बलियो भए पनि गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले थापालाई त्यति सहज छैन । जीतका लागि उनले विपक्षी गठबन्धनभित्रको विवादमा भर पर्नुपर्नेछ ।

गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेकी पौडेल १०१ बुँदे साझा प्रतिबद्धता लिएर जनताको घरदैलोमा पुगेकी छिन् । विभिन्न क्षेत्रगत विकासका एजेन्डाहरू उनको प्रतिबद्धतामा समेटिएको छ । 

गठबन्धनबाट प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश) र प्रदेशसभा २ मा कांग्रेसका सरोज थापा पनि तीनै प्रतिबद्धता बोकेर मतदाताको बीचमा पुगेका छन् । 

जनमोर्चा नेत्री तथा निवर्तमान प्रदेश सांसद तारा जिसीले गठबन्धन प्युठानमा मजबुत रहेकाले दुर्गा पौडेलको जीत सुनिश्चित रहेको दाबी गरिन् ।

‘एमालेभन्दा हामी १५ हजार मतले अगाडि छौं,’ जीसीले लोकान्तरसँग भनिन्, ‘निष्ठाको राजनीति गर्ने दुर्गालाई अन्तरघात हुँदैन । कांग्रेसमा असन्तुष्टि छैन । हामीले जीत सुनिश्चित देखेका छौं ।’

‘यसअघि पनि एमालेले जिल्लाबाट जितेको थियो, केही गरेन । अहिले जनमोर्चाले केही गरेर भनेर भ्रम सिर्जना गरिँदैछ । त्यो कुरा जनताले पत्याउँदैनन्,’ जिसीले थपिन् । 

प्रस्तावित चाल्नेटार विमानस्थलको विवादलाई समाधान गर्दै निर्माण कार्य अगाडि बढाउनेदेखि एक घर एक धारा पुर्‍याई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने प्रतिबद्धता गठबन्धनको छ ।

गठबन्धन र एमालेले अघि सारेका धेरैजसो प्रतिबद्धता मिल्दाजुल्दा छन् । 

गठबन्धनमा सहभागी पाँच दलमध्ये राजमोले देशभरमै प्युठान र बाग्लुङ– १ मा मात्र उम्मेदवारी दिएको छ ।

बाढीपहिरो र कोरोनाका बेला नागरिकको साथमा नरहेको आरोप पौडेलमाथि छ । मतदाताको आक्रोश खेप्दै पौडेल मत माग्न गाउँगाउँ पुगेकी छिन् । 

बहुदल आएपछि नेपालमा ६ वटा निर्वाचन सम्पन्न भए । प्युठानमा शुरूका २ निर्वाचनमा कांग्रेसले जिते पनि त्यसपछिका सबै निर्वाचन कम्युनिस्टले जितेका छन् ।

२०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसले जीत हासिल गर्‍यो । १ नम्बर क्षेत्रबाट कांग्रेसका शिवराज सुवेदी र २ नम्बर क्षेत्रबाट मुक्ति शर्माले जीत निकालेका थिए । 

२०५१ सालको मध्यावधि निर्वाचनमा १ नम्बर क्षेत्रबाट पुनः सुवेदी र २ नम्बर क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीले जिते । 

२०५६ सालको निर्वाचनमा भने दुवै क्षेत्रमा जनमोर्चाले जित्यो । १ नम्बर क्षेत्रबाट हरि आचार्य र २ नम्बर क्षेत्रबाट नवराज सुवेदी नै दोहोरिए । 

२०६२/०६३ को परिवर्तनपछि भएको पहिलो संविधानसभा निर्वाचनमा २ वटै क्षेत्रमा नेकपा माओवादी केन्द्रले जीत निकाल्यो । 

१ नम्बर क्षेत्रबाट नारायण अधिकारी र २ नम्बर क्षेत्रबाट दीपक केसीले जिते ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाका २ वटै क्षेत्र एमाले जित्यो । १ नम्बर क्षेत्रबाट तत्कालीन एमालेका प्रभावशाली नेता वामदेव गौतम र २ नम्बर क्षेत्रबाट हिरा केसीले जितेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x