३१ असार २०८३, बुधबार

नयाँ अध्ययनको निष्कर्ष : तीव्र गतिमा घट्दैछ पुरुषहरूको वीर्य संख्या

कात्तिक ३०, २०७९
नयाँ अध्ययनको निष्कर्ष : तीव्र गतिमा घट्दैछ पुरुषहरूको वीर्य संख्या

विगत ४० वर्षमा पुरुषहरूको वीर्य तीव्र गतिमा घटिरहेको एक नयाँ अध्ययनले देखाएको छ । 

इजरायलका सरुवा रोग विशेषज्ञको नेतृत्वमा गरिएको अध्ययनले सन् २०१७ को अनुसन्धानलाई अद्यावधिक गरेको हो । 

नयाँ अध्ययनमा ५३ देशका ५७ हजार भन्दा बढी पुरुषबाट आँकडा लिइएको हो । यस विषयमा गरिएको यो अहिलेसम्मकै सबभन्दा ठूलो अध्ययन हो । 

सन् १९७३ देखि २०१७ सम्म पुरुषहरूमा वीर्यको संख्या ५१ प्रतिशत भन्दा बढीले घटेको छ । एक मिलमिटरमा वीर्यको त्यो संख्या १० करोडभन्दा माथिबाट घटेर ४ करोड ९० लाखमा आइपुगेको छ । 

‘२१औं शताब्दीमा थप तीव्र गतिमा वीर्यको संख्या घटिरहेको आँकडाले देखाउँछ,’ ह्युमन रिप्रडक्सन अप्डेट नामक जर्नलमा प्रकाशित अध्ययनले देखाउँछ । 

अनुसन्धानका अनुसार, वीर्य संख्या वर्षको १.१ प्रतिशतले घटिरहेको छ । 

पुरुषहरूको प्रजनन स्वास्थ्यमा थप बाधा आउनबाट रोक्नका लागि तत्कालै अनुसन्धान गर्नुपर्छ । 

पुरुषले महिलालाई गर्भवती बनाउनका लागि वीर्य संख्या मात्र पर्याप्त हुँदैन । वीर्य कति द्रुत गतिमा जान्छ भन्ने कुराले पनि महिलाको गर्भ रहने नरहनेलाई निर्धारित गर्छ । 

स्कटल्यान्डको डन्डी विश्वविद्यालयमा प्रजनन स्वास्थ्यकी एक विज्ञ सराह मार्टिन्स दा सिल्भाले सन् २००० देखि वीर्य संख्याको दर घटिरहेको छ । 

यसको कारण आफूहरूले बुझ्न नसकेको उनको भनाइ छ ।

‘प्रदूषण, प्लास्टिक, धूम्रपान, लागूऔषध र चिकित्सकले दिएको औषधिका साथै खराब जीवनशैलीका कारण पुरुषहरूको वीर्य संख्या घटिरहेको हुन सक्छ,’ उनले बताइन्, ‘तर यसको असरलाई अझै पनि पनि राम्ररी बुझ्न सकिएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्