
रुपन्देही क्षेत्र नम्बर-१ मा जनमत पार्टीका उम्मेदवार कैलाश गुरूङले शुरूवाती अग्रता लिएका छन् ।
४०० मत गन्दा जनमत पार्टीको स्पिकर चिह्न लिएका कैलाश गुरूङले ९१ मतका साथ अग्रता लिएका छन् भने एमाले सचिव छविलाल विश्वकर्माले ८४ मतसहित उनलाई पछ्याइरहेका छन् ।
स्वतन्त्र उम्मेदवार धनिराम चौधरीको ढकियामा पनि ८४ मत नै आएको छ । एमाले छाडेर सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका घनश्याम भुसाल ६३ मत ल्याएर चौथो स्थानमा छन् ।