३० जेठ २०८३, शनिबार

समानुपातिक मतगणनामा एमाले पहिलो, घण्टी तेस्रो

समानुपातिक मतगणनामा एमाले पहिलो, घण्टी तेस्रो
प्रतिकात्मक तस्वीर

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । 

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमालेले हालसम्म २३ हजार ३७४ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस २१ हजार ९४९ मतसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५०५ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्र ८ हजार ३९८ मतका साथ चौथो स्थानमा छ ।
    
आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार ४७६, जनता समाजवादी पार्टी नेपालले २ हजार ९८, जनमत पार्टीले १ हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले १ हजार ६०० मत प्राप्त गरेका छन् । 

समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले ४ हजार ८६५ मत प्राप्त गरेका छन् । 

प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा एमाले शीर्ष स्थानमा छ । एमालेले ८ हजार १२४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७ हजार ४११ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २ हजार ६७८ मत प्राप्त गरेको छ । 

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार १४८, जनता समाजवादी पार्टी नेपालले १ हजार ३७५ र अन्यले ३ हजार ८३ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्