
टोफिचू तड्का लिची बजारमा नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचूअन्तर्गत नयाँ तड्का लिची ‘टेष्टको नयाँ टिव्स्ट’ को नारासहित बजारमा सार्वजनिक गरेको छ ।
तड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ । टोफिचू तड्का लिचीको बिक्री मूल्य प्रतिगोटा रु. २ रुपैयाँ ५० पैसा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । टोफिचू तड्का आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ । लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ ।
टोफिचू तड्का लिची नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध हुनेछन् । टोफिचूका विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् । हाल टोफिचूअन्तर्गत फ्रुटी फन, फ्रुटी डेलाइट, डुज, क्रिमी ल्याक्टो, तड्का (आँप तथा पाइनएप्पल), चट्पटा फन तथा कोफिचिनो बजारमा उपलब्ध छन् ।