२१ जेठ २०८३, बिहीबार

सशस्त्र प्रहरी जवान घुस रकमसहित अख्तियारको नियन्त्रणमा

सशस्त्र प्रहरी जवान घुस रकमसहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सेमरी नवलपरासीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई नियन्त्रणमा लिएको छ । 

महेशपुर सीमा नाकाबाट सामान खरिद गरी ल्याउनलाई सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अनुगमनमा खटिएको अख्तियारको टोलीलाई देवानलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्