२७ जेठ २०८३, बुधबार
आम निर्वाचन

आयोगद्वारा समानुपातिकतर्फको सिट निर्धारण, कुन पार्टीले कति सिट पाए ? [सूचीसहित]

मंसिर २१, २०७९
आयोगद्वारा समानुपातिकतर्फको सिट निर्धारण, कुन पार्टीले कति सिट पाए ? [सूचीसहित]

निर्वाचन आयोगले  समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण गरेको छ ।  आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत  तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको मतका आधारमा सिट निर्धारण गरेको हो । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा उपदफा (२) र (६) तथा सोही ऐनको अनुसूची–१ र अनुसूची–२ बमोजिम संख्या  निर्धारण गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

आयोगका अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ ७ पार्टी आएका छन् । जसमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी रहेका छन् । 

प्राप्त मतका आधारमा एमालेले समानुपातिकमा ३४ सिट पाएको छ । यस्तै कांग्रेसले ३२ सिट पाउँदा माओवादी केन्द्रले १४ सिट पाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाउँदा राप्रपाले ३ सिट पाएको छ । यस्तै जसपा र जनमत पार्टीले ५–५ सिट पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्