माघ १६, २०७९
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीया मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुशी छिन् । शारीरिक समस्याका कारण सहज रूपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिन...
कीर्तिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, चौर, पाटी पौवा आदि सम्पत्ति संरक्षणका लागि विशेष पहल गर्ने भएको छ । यसका लागि रु ४० लाखको बजेट छुट्याएर काम सुरु गरिसकिएको छ ।
गत वैशाखमा निर्वाचित भएर नगरपालिकाको कार्यभार सम्हालेपछि पहिलो पटक आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरपालिकाका प्रवक्ता एवं उपप्रमुख शुभलक्ष्मी शाक्यले नगरभित्रका सार्वजनिक जग्गा पाटी, चोक र वन क्षेत्रमा अतिक्रमण बढदै गएको गुनासो बारम्बार आउन थालेपछि बजेट विनियोजन नै गरी सार्वजनिक सम्पत्ति सुरक्षणमा लागिएको जानकारी दिइन् ।
“अहिलेको नगर नेतृत्व सार्वजनिक सम्पत्ति बचाउनु पर्नेमा एक मत छ”, उनको भनाइ थियो । यसको संरक्षण गर्न सके नगरवासीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने मात्र नभई कुनै पनि बेला आइपर्ने आपद् विपतमा काम लाग्ने धारणा पनि उनको थियो ।
पत्रकार सम्मेलनमा नगरपालिकाले नगरका सबै विद्यालयको भौतिक र शैक्षिक अवस्था निरीक्षणसहित सघन अनुगमन गर्न चार÷चार जनाको टोली बनाएर खटाउने जानकारी पनि कार्यक्रममा दिइयो । यसअन्तर्गत टोलीले विद्यालयका भौतिक संरचना विद्यार्थी मैत्री एवं शैक्षिक मापदण्डअनुरूप भए नभएको निरीक्षण गर्ने, शैक्षिक वातवरण र सिकाइ उपलब्धिबारे बुझ्ने र निरीक्षणबाट प्राप्त परिणाम नगरपालिकालाई बुझाउने छन् । टोली नगरपालिकाको शिक्षा शाखाको नेतृत्वमा परिचालित हुनेछन् । टोलीले नगरका सार्वजनिक र निजी स्वामित्वका गरी ३० भन्दा बढी विद्यालयको निरीक्षण गर्नेछ ।
नगरपालिकाले प्राकृतिक विपद् नियन्त्रणसहित करिब दुई सय २५ योजना अघिल्ला वर्षका कार्यक्रमअन्र्तगत ल्याइएको जानकारी दिएको छ । नगरस्तरीय २१ र ४४ वटा वडास्तरीय योजना सञ्चालन भइरहेको र आगामी चैत मसान्तसम्म सबै योजनाको सम्झौता गरिसक्ने योजना रहेको उपप्रमुख शाक्यले जानकारी दिइन् । नगरपालिकाले सांस्कृतिक र पुरातात्विक क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको जानकारी पनि उपप्रमुख शाक्यले दिइन् । रासस
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीया मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुशी छिन् । शारीरिक समस्याका कारण सहज रूपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिन...
विभिन्न अपराधका घटनामा संलग्नलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहर...
धनुषास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवाहरूमध्ये १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिथिला नगरपालिका–६ बस्ने रोशन महतोलाई सोमवार साँझ ६ बजेतिर पक्राउ गरी थप अनुस...
जलेर सख्त घाइते भएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले ३५ वर्षीया सा...
काठमाडौंको सीतापाइलामा बस र टाटासुमो एकआपसमा ठोक्किँदा १ महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१५ सीतापाइलामा बस र टाटासुमो आपसमा ठक्कर खाँदा बसमा सवार रसुवा गोसाइँकुण्ड घर भई हाल काठम...
कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउका सुदराम चौधरीले दोदा नदीको बगरमा तरकारी खेती गर्न लागेको १४ वर्ष भयो । विगतमा भारतको दिल्लीदेखि मुलुकका धेरै ठाउँमा ज्यालादारी गरेका चौधरीले अहिले भने दोदा ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...